2024-03-19

Close

विपिन कुमार यादव,जनकपुरधामस्थित एक डिपार्टमेन्टल स्टोर र एक रेष्टुरेन्टमा लागेको भीषण अगलागी ३ घण्टा पश्चात् नियन्त्रणमा आएको छ । जनकपुरधामस्थित शिवचोकमा रहेको मिथिला डिपार्टमेन्टल स्टोर र रुफटप रेष्टुरेन्टमा भीषण आगलागी भएको हो ।

बिहीबार बिहान ११ बजे विद्युत तार सट भई आगलागी भएको धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । आगलागीबाट झण्डै २ करोड ५० लाख बढीको क्षति भएको डिपार्टमेन्ट सञ्चालकको भनाइलाई उधृत गर्दै एसपी रमेश बस्नेतले अप्पनजनकपुर लाई बताए ।

जनकपुरधाम उप–महानगरपालिका कर्यालयको सय मिटर दुरीमा आगलागी भएपनि उप–महानगरले बारुणयन्त्र नपठाउँदा आगो थप बल्झिएको व्यापारीहरुको बताएका छन् । आगो नियन्त्रणमा धनुषा तथा महोत्तरीबाट आएका ६ वटा बारुण यन्त्र, प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको एसपी बस्नेतको भनाइ छ ।

धनुषाको धनुषाधाम नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, जनकपुर विमानस्थल र महोत्तरीको जलेश्वर नगरपालिकाको बारुण यन्त्रले आगलागी नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम उपमहानगरपालिकामा दुईवटा बारुण यन्त्र रहेपनि महिनौंदेखि दुबै बिग्रिएर थन्क्याइएको छ । आगलागी हुँदा समयमै बारुणयन्त्र पठाउन नसकेको भन्दै आक्रोशित व्यापारीहरुले जनकपुरधामका मेयर लालकिशोर साह र उपमेयर रीता झाविरुद्ध केहीबेर नाराबाजी समेत गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds