2024-04-25

Close

जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकामा सामुदायिक दलान निर्माण हुने भएको छ । धनुषा क्षेत्र २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाको सांसदीय कोषबाट दलान निर्माण हुने भएको हो ।

शुक्रबार साँसद अरगरियाले एक कार्यक्रमबीच जनकनन्दनी गाउँपालिका २ बलहागोठमा सामुदायिक दलान भवनको शिलान्यास गरेका छन् । त्यस अवसरमा बोल्दै सांसद अरगरियाले यस क्षेत्रको विकासका लागि आफू सँधै तत्पर रहने बताए ।


बलहागोठमा सामुदायिक भवन नहुँदा स्थानीय वासीलाई कुनै भेला, कार्यक्रम गर्न समस्या हुन गरेको मध्यनजर गर्दै दलान निर्माण गरिने उनले बताए । सांसद अरगरियाको सांसदीय कोषबाट १० लाख रुपैयाँको लागतमा यो दलान निर्माण हुनेछ ।

दलान बन्ने भएपछि स्थानीयहरु हर्षित भएका छन् । स्थानीय रमण मंडलले दलान बनेपछि आफूहरुलाई सजिलो हुने बताए । शिलान्यास कार्यक्रममा स्थानीय नेताहरु जिवछ पगैहिया , अशोक मंडल, सत्यनारायण यादव , इन्द्र कुमार सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds