2024-04-25

Close

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम भानुचौक सडकको बीचमै ट्राफिक व्यवस्थापनको दृश्य जस्ताको त्यस्तै सामाजिक संजालमा भाइरल भए लगत्तै ट्राफिक बाट पीडित एक जना सर्व साधारण सुनिल मण्डलले आफ्नो साईडबाट मोटरसाइकल चलाउदै आइरहेको बेला उक्त ट्राफिकले बीचमै रोकि गाडीको साचो खोसेर ग्यास चुल्हो मर्मत गर्ने पसलमा गएर ३०० सय रुपैया लिएर गाडीको साचो दिएको मण्डलले बताए ।

मण्डलको भनाइ कि मलाई बैंकमा जरुरी काम थियोे म अर्काको गाडी लिएर आएको छु । अनि प्रहरीले बीचमै समाते पछि म के गरौं के गरौं अल्मलमा परे । अनि लाचार भएर म ३०० तीन सय तिरेर साचो लिने गरेको छु ।

एक जना स्थानीयले बताए कि भानुचौकमा प्रायः जुन दिन देखि प्रहरी जवान अंकुश झाले डिउटी गर्न आएको हो , त्यो दिन देखि पार्किङ ,नोपार्किङ र ट्राफिक व्यवस्थापन नियम कानून लाई ख्याल नगरी सर्व साधारण जनतालाई जथाभावी रोकेर राख्ने अनि भानुचौककै ग्यास मर्मत गर्ने पसलको कुनामा गएर सर्व साधारण संग रकम असुलनमा व्यस्त रहेको बताए ।

साथै उक्त प्रहरीले सडकको बीचमा बराबर सर्वसाधारण मोटरसाइकल चालकलाई रोकेर जबर्जस्ती साचो तानेर उल्टै चालकलाई धम्काउने प्रवृत्ति उक्त ट्राफिक द्वारा भैरहेको छ । यता अस्थायी ट्राफिक प्रहरी पोस्ट रेल्वे स्टेशनका इन्चार्ज लाई फोन मार्फत जानकारी गराउदा उहाँसंग सम्पर्क हुन सकेनन् । समयमा जानकारीको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा लाई ध्यानाकर्षण होस् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds