2024-04-26

Close

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्।

ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। राष्ट्रपति कार्यालयमा २६ जनाको हस्ताक्षर लगिएको भए पनि सर्वोच्च अदालतमा भने २३ जनाले हस्ताक्षर गरेका छन्।

आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि योजनावद्ध आक्रमण भइरहेको बताएका थिए।

‘राष्ट्रपति संवैधानिक संस्था हो। यो संस्थामाथि निरन्तर आक्रमणको प्रयास भइरहेको छ। पार्टीको नेता हो भन्ने अरूको दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरूको पार्टीको हित हुने कार्य सहन सकिँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने,’हामी पार्टीको एकता जोगाउन अधिकतम् लचिलो हुन तयार छौं। हाम्रो आन्दोलन धेरै मजबुत छ । बाहिरी तथा भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्न हामी तयार छौं।’

ओलीले एमाले उपाध्यक्ष वामदेव गौतममाथि समेत व्यंग्य गरेका थिए।

‘कमरेड वामदेव गौतम पार्टी एकता जगाउन यो बैठकमा आउनुभएको छ। उहाँलाई स्वागत गर्दै अन्य कमरेडलाई पनि भोलि हुने बैठकमा सहभागी हुन आग्रह गर्दछु,’ओलीको भनाइ उद्धृत गर्दै अर्का एक नेताले भने, ‘उहाँले जिस्काउँदै वामदेवजीलाई आउने-जाने क्रम जारी नगरी आइरहन अनुरोध गर्नुभयो।’

ओलीले भोलिबाट कोरोनाको थप खोप आउने क्रम सुरू हुने भन्दै क्रमश: सबै नागरिकले खोप पाउने पनि बैठकलाई जानकारी दिएका थिए। सेतोपाटी

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds