2024-12-04

Close
वीरगन्ज । चौधरी ग्रुपद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने स्कुल बसले भारतबाट मालसामानको तस्करी गर्दै आएको खुलासा भएको छ । विद्यार्थी ओसार्ने बहानामा दिल्ली पब्लिक स्कुलको बसमा भारतको रक्सौलबाट नेपालमा मालसामानको तस्करी हुँदै आएको रहस्य खुलेको हो ।
बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने प्रदेश २-०३-००१ क ०११६ नम्बरको स्कुल बसबाट राजश्व छलेर भारतबाट वीरगन्ज ल्याउँदै गरिएको ३ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्यको कपडा र मोबिल सशस्त्र प्रहरीले बरामद गरेको छ ।
शुक्रबार रक्सौलमा विद्यार्थीहरूलाई पुर्‍याएर फर्किँदै गरेको उक्त स्कुल बसलाई वीरगन्ज भन्सार क्षेत्रमा रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसभित्रबाट राजश्व छलीको २ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्य बराबरका कपडा र मोबिल बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए ।
बरामद उक्त सामान र बससहित बसका चालक बाराको परवानीपुर गाउँपालिका-४ का ३२ वर्षीय किशोरी राम र सहचालक वीरगन्ज-११ श्रीपुरका ४२ वर्षीय दीपक गिरीलाई पनि नियन्त्रणमा लिइएको रिजालले जानकारी दिए ।
बरामद सामानको २ लाख ६३ हजार ७ सय र बसको ३० लाख गरी कूल ३२ लाद ६३ हजार रुपैयाँ मूल्यांकन गरेर चालक र सहचालकसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर