2024-04-25

Close

जनकपुरधाम, २४ कार्तिक । धनुषाको औरही गाउँपालिका ३ र ४ मा मुस्लिम समुदायका अगुवाहरुले मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विस्तारै मुस्लिम समुदायले अधिकार पाउन थालेको बताएका छन् । ‘मुस्लिम समुदायको पर्व तिहारमा सार्वजनिक विदा दिन थालिएको छ’, संघीय साँसद समेत रहेका अरगरियाले भने, ‘यो मधेस आन्दोलनको उपलब्धी हो ।’

उनले अब सामुदायिक विद्यालय जस्तै मदरसा पनि मान्यता पाउने बताए । उनले मदरसामा दरबन्दी कायम गर्ने र तलब सरकारले उपलब्ध गराउने समेत बताए । उनले मदरसा सामुदायिक विद्यालय सरह मान्यता पाउनु पनि मधेस आन्दोलनकै उपलब्धी भएको जिकिर गरे ।

 

धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित साँसद अरगरियाले औरही गाउँपालिका ३ स्थित मदरसाका लागि १५ लाख बजेट आफ्नो संसदीय विकास कोषबाट उपलब्ध गराउने घोषणा समेत गरे । साथै सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको निर्माणाधिन मदरसा निर्माण पुरा गर्न अगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

 

साँसद अरगरियाले पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीका अवसरमा शुभकामना समेत व्यक्त गरे । उनले पैगम्बरको योगदानको चर्चा समेत गरे । उनले भने, ‘पैगम्बरको मार्गनिर्देशन अनुसरण गर्न सके समाजमा शान्ति तथा समृद्ध हुन्छ ।’

 

कार्यक्रममा समाजवादी पार्टीका नेता अब्दुल सेखले पनि मधेस आन्दोलनपछि बल्ल हामी मुस्लिम समुदायको पर्व तिहार सरकारले पनि बुझ्न थालेको बताए । उनले भने, ‘विगतमा धेरै साँसद र मन्त्री बन्यो । तर हाम्रो समुदायको पर्व तिहार र पैगम्बरको जन्म दिनबारे पनि कसैले थाहा पाएनन् । अब देशमा संघीयता आएपछि बल्ल मधेस सरकारले पर्व तिहारमा सार्वजनिक विदा दिन थालेको छ । यो ठूलो उपलब्धी हो ।’

कार्यक्रम समाजवादी पार्टीका मुस्लिम संगठनका प्रदेश सचिव हबिब मन्सुरीको अगुवाइमा भएको थियो । उक्त कार्यक्रममा समाजवादी पार्टीका नेता लालबाबु, प्रमोद अधिकारी, कमल मण्डल, मनिकलाल मण्डल लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds