2024-04-25

Close

काठमाडौं : पार्टीमा वैधानिकता नपाएपनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहले मधेसका जिल्लाहरुमा राजनीतिक गतिविधिलाई तीव्रता दिएको छ ।

ठाकुरसहितका प्रभावशाली नेताहरु दिनहुँ जसो जिल्लास्तरीय भेला, अन्तरक्रिया र प्रशिक्षणमा व्यस्त छन् । यसैबीच ठाकुर पक्षले आज ४ जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा भेला गर्न लागिएको जसपा ठाकूर समूहका नेता केशव झाले जानकारी दिए । वरिष्ठ नेता राजेन्द्र महतोसहित नेताहरु जितेन्द्र सोनल र अभिराम शर्माले आज सर्लाहीको भेलालाई सम्बोधन गर्नेछन् ।

सुनसरीमा नेताहरु डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर र अरविन्द साहले सम्बोधन गर्नेछन् । त्यस्तै रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई नेताहरु उमाशंकर अरगरिया, सर्वेन्द्रनाथ शुक्ल र कृष्णा सिंहले सम्बोधन गर्नेछन् ।

कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखाी र दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने जनाइएको छ । अगुवा कार्यकर्ता भेलाका दौरान पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो समूहले राखेको अडान र यादव समूहबाट ‘धोका’ भएकोबारे प्रशिक्षणसमेत हुने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds