बलात्कार आरोपी उपसचिव साहले गरे प्रहरीसमक्ष आत्मसमर्पण

साहले गत शनिबार नै धनुषा प्रहरीमा आत्मसमर्पण गरेको प्रहरी स्रोतले जनाएको छ ।

बिज्ञापन

गत माघ १८ गते साहले मधेश भवनभित्र रहेको सरकारी कर्मचारी क्वाटरमा राति साढे १० बजेतिर ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिएर बेहोस बनाई महिलालाई बलात्कार गरेको आरोप छ ।

पीडित महिलाले गत वैशाख पहिलो साता आफूलाई बेहोस बनाएर बलात्कार गरेको भन्दै प्रहीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि धनुषा जिल्ला अदालतबाट साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार भएका थिए ।

सिराहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टी निवासी साह आत्मसमर्पण गरेपछि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

साहले पीडितका श्रीमान् नभएको मौका पारेर राति कोठामा गएर नशालु पदार्थ मिसिएको पेडा दिएका थिए ।