2024-03-29

Close

वीरगंज१५ चैत्र
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजको श्रिपुरमा म्याद गुज्रिएका (डेट एक्सपायर) खाद्यवस्तु रिप्याकिङ गरेर बजारमा बेच्ने दुईवटा उद्योगमा छापा मारेर सिल गरेको छ ।
प्रहरीले वीरगंजको श्रिपुर स्थित श्रवण रुङ्ग्टाको घरमा भाडामा लिई संचालित Snack & Pack Industries र Foodco Nepal Crop PVT.ltd मा छापा हानि म्याद गुज्रिएको सामान फेला परेपछि दुईवटा ऊधोगमा सिल गरेको हो ।
वीरगंजको श्रिपुरमा रुङगटाको घर भाडामा लिएर सन्जय अग्रवाल , विद्या सरावगी र सन्तोष अग्रवालले संयुक्त रुपमा सन्चालन गरेका दुई उद्याोगमा म्याद सकिएको खाघान्न सामानहरु रिलेब्लीङ र रिप्याकिङ गरेर बजारमा बिक्रीवितरण भईरहेको प्रहरीले  सूचना पाउने लगत्तै  उधोगहरुमा छापा हान्दा म्याद गुज्रिएको ड्राइ फुड्स (लालमोहन, चिप्स ,चकलेट , ससेज, जाम , फुलनदाना इत्यादि) बरामद भएपछि सिल गरेको पर्सा प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो।
जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयबाट खटिएको टोलीले उद्योगमा छापा मारेर खानतलाशी गर्दा म्याद गुज्रिएका ड्राइफुड्सहरु मिति थपेर रिलेबलीङ र रिप्याकिङ गरि बजारमा आपुर्ति गर्दै आएको भेटिएकोले उद्योग र गोदाम गरि दुवै उद्योगमा गरि करिब ९१ लाख रुपैया मुल्यको म्याद गुज्रिएका सामान सहित सिल गरिएको गिरिले बताए ।
प्रहरीले ती दुवै उद्योगमा काम गर्ने वीरगंज १४ का हरिनारायण प्रसाद कुर्मी , वीरगंज १३ का मनिष चौधरी र वीरगंज ७ का आयुष अग्रवालहरु विरुद्द खाद्य पदार्थमा मिसावट गर्न नहुने सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भईरहेको गिरीले बताउनुभयो ।
बरामद सामानहरुको विवरण संकलन गरि उद्योग र गोदामभित्रै राखेर सिल गरिएको भन्दै उनले उद्योग सन्चालकहरु विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रकृया अगाडि बढाइएको गिरिले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds