2024-04-25

Close

काठमाडौं । चेन्नाई सुपर किंग्स इन्डियन प्रिमयर लिग (आईपीएल) २०२१ को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नाई फाइनल पुगेको हो ।

रुतुराज गायकवाड र रोविन उथापाले अर्धशतक प्रहार गरेपछि दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नाईले १९.४ ओभर खेल्दै ६ विकेट गुमाएर पूरा गरेको हो । ओपनर गायकवाडले ५० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा सर्वाधिक ७० रन बनाए । यस्तै उथापाले ४४ बल खेल्दै ७ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाए ।

कप्तान महेन्द्र सिंह धोनीले ६ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा अविजित १८ रन जोडे । मोइन अलीले १६ रन योगदान गरे । दिल्लीका टम करनले ३ तथा आभेष खान र एनरिक नोर्कियले समान १ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ओपनर पृथ्वी शा र कप्तान ऋषभ पन्तको अर्धतशक मद्दतमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो । पृथ्वीले ३४ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ६० रन बनाए । कप्तान पन्तले ३५ बल खेल्दै ३ चौका र २ छक्का मदेदतमा अविजित ५१ रन बनाए । शिमरोन हेतमायरले ३७ रन जोडे ।

चेन्नाईका जोस हाजलउडले २ तथा रविन्द्र जडेजा, मोइन अली र ड्वाने ब्राभोले समान १ विकेट लिए ।

चेन्नाई फाइनल पुग्दा दिल्लीले भने फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ । रोएल च्यालेन्जर्स बेंगलोर र कोलकता नाइट राइडर्सबीच सोमबार हुने एलिमिनेटर खेलको विजेतासँग दिल्लीले दोस्रो क्वालिफार खेल्नेछ l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds