2021-12-01

Close

जनकपुरधाम । प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाले धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा बुधबारबाट सुरु भएको कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् ।

कार्यक्रमस्थल नजिक शिवलिङ्ग स्थापना प्राणप्रतिष्ठा गरिने अवसर पारेर आयोजना भएको मेलाक्रममा मधेसको परम्परागत खेल कुस्ती सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन अरगरियासँगै शहिदनगर पालिकाका मेयर उदय बरबरिया, उपमेयर शीलादेवी कापर, वडाध्यक्ष रामदेव मरिकलगायतले संयुक्त रूपमा गरेका हुन् ।

कुस्तीका लागि नेपाल र भारतबाट दर्जनौं पहलवान आएका छन् । कुस्ती आज बिहीबार पनि हुनेछ ।

कुस्ती हेर्न हजारौंको सँख्यामा सर्वसाधारण भिड लागेको थियो । पछिल्ला दिनमा कुस्तीप्रति मधेसवासीमा आकर्षण तथा रुचि बढ्दै गएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर