2024-04-24

Close

जनकपुरधाम : मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा जनकपुरबाट हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बसलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर २ ०३०१ ख ५०३५ नम्बरको ट्रकले गए राती १२ः३० बजेको समय एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा बसमा सवार २ जना पुरुष यात्रुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसमा सवार हाल नाम थर वतन नखुलेको वर्ष अन्दाजी ३० का २ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारको क्रममा राति साँढे १ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको मृत्यु घोषणा गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । उनीहरूको शव हेटौँडा अस्पतालको शव गृहमा राखिएको छ । उनका अनुसार दुर्घटनामा थप १८ जना घाइते भएका छन् । घाइते मध्ये १५ जनाको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौँडा–१ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकको बाराको निजगढ नगरपालिका–४ पुरानोटोल बस्ने वर्ष ३३ को टंकबहादुर बि.क.सामान्य सामान्य घाइते भएको र हाल उनी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घाइते हुनेहरूमा महोत्तरी बर्दिवास नगरपालिका–१४ बस्ने वर्ष ३९ को ज्ञानेन्द्र चौधरी, धनुषा बिदेह नगरपालिका–३ बस्ने वर्ष २६ को महमद सकिल अमद, धनुषा बस्ने वर्ष ३५ को शम्भु दास रहेको प्रहरीले जनाएको छ । उनीहरूको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे बस्ने वर्ष ५९ को सुर्य ब.सुनार, धनुषाको शहिदनगर नगरपालिका–२ बस्ने वर्ष २६ को प्रवल कुमार यादव, धनुषाको धनुषा नगरपालिका–७ किसनपुर बस्ने वर्ष २८ को सुरेश सदा, धनुषाको धनैजी नगरपालिका–१ औरहि बस्ने वर्ष २१ को शम्भु कुमार महरा, धनुषा कमला नगरपालिका–२ राधे बस्ने वर्ष ३९ को रविन्द्र मण्डल, काभ्रेको मण्डन देउपुर नगरपालिका–७ बस्ने वर्ष २९ को हरी कुमार श्रेष्ठ, धनुषाको मिथिला नगरपालिका–९ बस्ने वर्ष २३ को कवि गिरी, धनुषा जनक नन्दनी गाउँपालिका–४ खजुरी बस्ने वर्ष ३८ को विपद दास, जनक नन्दनी गाउँपालिका–३ बस्ने वर्ष २० को अल्ताब राईम, कमला–२ बस्ने वर्ष ३७ को झगडु सहनी, जनक नन्दनी–३ बस्ने वर्ष ३७ को अवताबुल रहमान, शहिदनगर–५ बस्ने वर्ष ३२ को जितेन्द्र महरा, कमला–२ बस्ने वर्ष ३६ को राम भरौजी मुखिया, बसका सहचालक जनकनन्दनी–६ बस्ने वर्ष १९ को शुवम झा, ट्रकको सहचालक निजगढ–४ बस्ने वर्ष २५ को बासुदेव गोले रहेका छन् । उनीहको अवस्था मध्यम स्तरको रहेको प्रहरीले जनाएको छ । उनीहरूको चुरेहिल अस्पताल मकवानपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । घटना बारे थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds