2024-05-04

Close

जनकपुधाम । जेसिजले मुख्यतः चार वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र हो, यद्यपी, अहिलेसम्म हामी प्रायः व्यक्तिगत विकासका कामहरूमा केन्द्रित भइरहेका छौँ । त्यसैले जनकपुर जेसीजको युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले अध्यक्ष पदमा उम्मेदबारी दिएको आशुतोष साहले बताए ।

अध्यक्षका उम्मेदबार आशुतोषले जनकपुर जेसीजमा निर्वाचित भए पश्चात सामाजिक विकासका कामहरू पनि गर्ने गर्छौं । साथै, हामीले जेसिजका सदस्यहरूलाई विभिन्न किसिमका तालिमहरू ल्याउँछौं । जेसिजको उद्देश्य भनेकै युवाहरूलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रूपमा अगाडि बढाएका छौं । जेसिजबाट व्यक्तित्व र नेतृत्व विकास गरेका धेरै व्यक्तिहरू अहिले राज्यका विभिन्न निकायहरू र कयौँ संसंस्थाहरूको नेतृत्वमा समेत हुनुहुन्छ । उहाँहरू त्यहाँसम्म पुग्नुमा जेसिजको योगदान महत्वपूर्ण छ भन्ने मेरो धारणा छ । सोही कारण जेसिजप्रति युवाहरूको आकर्षण राम्रो छ ।

जेसिजमा लाग्नेहरू पुँजिपतिवर्गका मात्र हुन्छन् भन्ने सोचाई परिवर्तन गर्नका लागि पनि मेरो उम्मेदबारी रहेको आशुतोष सुनाउंछन् । बरु मेरो विचारमा त जेसिज धनी बनाउने सँस्था हो भन्छु । यहाँ संसारभरिका उद्यमी र व्यावसायी व्यक्तित्वहरूबीच सम्बन्ध, सहकार्य तथा अन्तरक्रिया हुने गर्दछ जसबाट आर्थिक समृद्धि प्राप्त गर्नका लागी विभिन्न विकल्पहरूलाई उपयोग गर्न सकिन्छ । तर जेसिजपछि विभिन्न कार्यक्रम र तालिममा आफै सहभागी हुने तथा समय पनि दिनुपर्ने हुन्छ । यस कारणले मानिसहरूमा त्यस्तो भ्रम उत्पन्न भएको हुन सक्दछ ।

जनकपुर जेसीजको चुनाव भोली शुक्रवार हुंदैछ । वर्ष २०२४ को अध्यक्ष बन्न तीन उम्मेदवार मैदानमा छन् । जसमध्ये आशुतोष साह बलिया उम्मेदवार हुन् । गत वर्ष उनी अध्यक्षमा मात्र ४ मतले पछी परे । तर उनले गरेको कामले यो वर्ष धेरैको मन जित्न सफल बनेको जनकपुर जेसीजका सदस्यहरु बताउँछन् । आशुतोष विगत, वर्तमान र भविष्यको वस्तुनिष्ठ अध्ययन गरेर जनकपुर जेसीजको नेतृत्व गर्न खोजेका छन् । त्यसैले उनलाई विश्वास गरेर नेतृत्वमा पुर्याउन आवश्यक रहेको जेसीज सदस्यहरुको धारणछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds