2024-04-25

Close

जनकपुरधाम : जनकपुर– जयनगर रेल सञ्चालनमा नआउँदा गाउँमा पनि सरकारविरुद्ध नारा लाग्न थालेको छ । बिहीवार धनुषाको जनकनन्दनी गाउँपालिकामा यूवाहरुले रेल सञ्चालनका लागि प्रदर्शन गरेका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का स्थानीय नेता मनोज साहले रेल चलाउन सरकारलाई दबाब दिने उदेश्यले आन्दोलनको घोषणा गरेका छन् । उनकै नेतृत्वमा खजुरी रेल्वे स्टेशनमा समेत प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागीहरुले विवाह पञ्चमीभन्दा पहिले रेल सञ्चालन गर, कर्मचारी भर्नाका नाममा उठाएको शुल्क फिर्ता गर, प्रदेश र संघ सरकार मुर्दावाद जस्ता नारा लगाएका थिए । रेल सञ्चालन गर्न सरकारले चासो नदेखाएपछि आन्दोलन सुरु गरेको नेता मनोज साहले बताए ।

उनले रेल सञ्चालन गराउनका लागि आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । उनले भने, रेल विगत एक वर्षदेखि सरकारले थन्काएर राखेको छ । खिया लागेर रेलको पार्टपूजा विग्रिन थाल्यो । तर रेल चलाउन चासो नदेखाउँदा दुःख लागेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds