जनकपुरधाम । जनकपुधाम उपमहानगरपालिका वडा नं. १८ महुवा र भोइलको बीचमा जमजम नगर बसाउन थालिएको छ ।
जनकपुधाम उपमहानगरपालिकाको वडा नं. १७ कनकपट्टिदेखि दक्षिण र हुलाकी सडकदेखि उत्तर तल खेतमा जमजम नगर बसाउन थालिएको छ । भिन्नै पोशाक लगाउने मुस्लिम समुदायका व्यक्तिहरु देखिन्छन् तर, उनीहरु यहाँका नभएर बाहिरको भएको स्थानीयहरु बताउँछन् ।
नेपालका मुस्लिम समुदायले लगाउने पोशाकभन्दा अधिक फरक देखिएको पोशाक लगाउने उनीहरुको समूहले बिना अनुमति सार्वजनिक रुपमै बोर्ड लगाएर ठाउँको नामाकरण समेत गरिदिएको छ ।
महुवा पेट्रोल पम्पभन्दा करिब १०० मिटर पूर्व बसाउन लागिएको जमजम नगरको लागि घरहरु समेत तयारी भईरहेको पाईएको छ ।
“जमातुल मदिना फैजान ए आला हजरत जनकपुर” लेखिएको बोर्डमा ठेगाना भने “जमजम नगर” राखिएको छ । सो हुलाकीसँग जोडिएको सो बाटोको नाम “जामिया सडक” राखिएको छ ।
महुवामा र भोईलको बीचमा विगत केही महिनादेखि भईरहेको अस्वभाविक गतिविधिप्रति प्रशासनले जानीबुझी अनभिज्ञता प्रकट गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरी रेग्मीले यसप्रति अनभिज्ञता प्रकट गरे । उनले आफू नयाँ आएको र यसबारे डिएसपी बरुण बहादुर सिंह सँग सम्पर्क गर्न सल्लाह दिए । डिएसपी बरुण बहादुर सिंहले केही जानकारी रहेको सँकेत गरे, तर पूर्ण विवरण भने दिन चाहेनन् । उनले व्यस्तता जनाए ।
सो ठाउँ धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य रामअशिष यादवका क्षेत्र हुन् । त्यहाँ भईरहेको गतिविधिप्रति सयौँ जनाको नजर भएपनि प्रशासनले यसबारे खुलेर बताउन चाहेका छैनन् । उनीहरु यो गैर–नेपाली रहेको बताईएपनि यसबारे पुष्टि भने हुन सकेको छैनन् ।