2024-04-19

Close

जनकपुरधाम – नयाँ कर्मचारी भर्नाको आवेदन खुलाएपछि करार शिक्षकहरुले राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

विगत ६ महिनादेखि जारी आन्दोलनलाई बेवास्था गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको भन्दै सेवा आयोगमा तालाबन्दी गरिएको हो ।

शिक्षकहरुले आफ्नो करार नियुक्ति नविकरण गर्न माग गर्दै विश्वविद्यालयको प्रशासन, उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षक संघका अध्यक्ष दिलिप कुमार यादवले सेवा आयोगको कार्यालयमा समेत तालाबन्दी गरेको जानकारी दिँदै र माग पुरा नगरी ताला नखुलाउने उनले बताए ।

विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा २१ कर्मचारीका लागि विज्ञापन गरेको छ ।

संघका अध्यक्ष यादव भन्छन्, ‘२६ कर्मचारीको दरबन्दी रहेकोमा मात्र २१ जनाको मात्र विज्ञापन गरिएको छ । यसमा आपत्ति छ नै । अनी हाम्रो योगदानलाई कदर गर्दै एक पटकका लागि कम्तिमा उमेर हद नलाग्ने सुविधा दिनुपर्थ्यो । तर त्यसो समेत नगरेकाले सेवा आयोगमा ताला लगाएका छौं ।’

सेवा आयोगका अध्यक्ष प्रा. डा. शैलेन्द्र लाभ कर्ण र सदस्य अनिल साहलाई पटक पटक मौखिक जानकारी गराउँदै आइरहेपनि आफूहरुको माग सम्बोधन नगरेको उनले गुनासो गरे ।

आयोगद्वारा अपारदर्शि ढङ्गले विज्ञापन गरी उत्कर्षमा पुगेको आन्दोलनलाई विथोल्ने प्रयास गरिएको उनको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds