2024-04-16

Close

जनकपुरधाम । जनकपुर – जयनगर – कुर्था मार्गमा रेल सञ्चालनका लागि तयारी पूरा भएको छ । यससँगै नेपाल – भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न छलफल भइरहेको छ ।

रेल सञ्चालनका लागि कानुन (अध्यादेश), बजेट, एसओएस, प्राविधिक र आवश्यक कर्मचारीलाई तालिम दिइएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । रेल सञ्चालनका लागि ६० जना कर्मचारीलाई भारतीय प्राविधिक र रेलका कर्मचारीबाट तालिम दिइएको छ ।
‘भौतिक संरचना हस्तान्तरण भए पनि महत्त्वपूर्ण काम बाँकी थियो,’ झाले भने, ‘रेल सञ्चालनको तयारीमा जुटेका छौं । अहिले तयारी पूरा भएको छ । दुई देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने मिति तोक्न बाँकी छ ।’ दुई देशका प्रधानमन्त्रीस्तरबाट उद्घाटन हुने भएकाले रेल सञ्चालनको मिति तय हुन नसकेको उनले बताए । आउँदो फेब्रुअरी दोस्रो सातासम्म दुवै देशका प्रधानमन्त्रीबाट रेल सेवा उद्घाटन गराउने गरी काम भइरहेको झाले जानकारी दिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले पनि रेल सेवा उद्घाटनका लागि प्रधानमन्त्रीको समय मिलाउनेबारे छलफल गरिरहेको प्रस्ट्याइन् । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा उद्घाटन मिति तय हुने तयारी भए पनि भ्रमण रद्द हुँदा समय तोक्न ढिलाइ भएको झाले बताए ।

कुर्थादेखि जयनगरसम्म चल्ने रेलवे सेवाको भाडासमेत तय भइसकेको छ । कुर्था – जयनगरसम्म एसी बोग्गीमा प्रतिव्यक्ति ३ सय रुपैयाँ र सामान्यमा प्रतिकिमि २ रुपैयाँ भाडा निर्धारण गरिएको छ । रेल सेवाको सुरक्षाका लागि सशस्त्र प्रहरीको डीएसपीको नेतृत्वमा १ सय ६० सदस्यीय कार्यदल गठन प्रक्रियासमेत अगाडि बढाइएको झाले जानकारी दिए ।

जयनगर – कुर्था ३५ किलोमिटर खण्ड रेल सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको र कुर्था – भंगहा १७ किमि दोस्रो खण्ड निर्माण पनि कम्पनीले हस्तान्तरण गर्ने तयारी गरेको छ । निर्माण काम अन्तिम चरणमा रहेको र केही दिनभित्रै दोस्रो खण्ड पनि हस्तान्तरण हुने झाले बताए । न्युज कान्तिपुर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds