2025-02-14

Close

दिपेश कु. साह/रौतहट : फतुवा विजयपुर नगरपालिका वडा नं.१ वरगिनिया बस्ने मदन यादवको घर नजिकै सोही ठाउँ निवासी रामविश्वास राय यादवले आफ्नै खालि जग्गामा धान काटेर थुपारी राखेको धानमा आगो लागे पछि ३ बर्षिय बालिका आराध्य कुमारी यादवकी मृत्यु भएको छ।

धान नजिकै केटाकेटिले आगो सल्काई आगो संग खेल्ने क्रममा अचानक थुपारी राखेको धानमा आगो लेगेको थियो। सो आगलगी बाट थुपारीको धान नजदिक मदन यादवको फुसको घर पुर्ण रुपमा जलि नष्ट भएको हो। अंदाजी दुई लाख बराबरको छति भएको र रामविश्वास राय यादवको १ विघा खेतको काटेर थुपारी राखेको धान पुर्ण रुपमा जलि नष्ट भएका छन्।

सो आगलगीमा परी सोही टोलका संजिव साहको छोरा अन्दाजी वर्ष २ को रोहित साह जलि गम्भीर घाईते भएको छ। बालक साहलाई उपचारको लागि विरगंज तर्फ लगेको जिप्रका रौतहटले जनाएको छ | आगलागि हुँदा आगो नियन्त्रणमा लिनको लागी वारुण यन्त्र, स्थानिय, सुरक्षाकर्मिहरुको सहयोगमा ३:४० बजे उक्त आगो पुर्ण रुपमा नियन्त्रणमा लिएको जिप्रका रौतहटले जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर