2024-03-29

Close

दिपेश कुमार साह । रौतहट ।१८ गते
जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटले भोली (सोमबार) देखि रौतहट बन्द गर्ने घोषणा गरेका छन् । जनमत पार्टी, जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै सोमबार देखि रौतहट अनिश्चित कालको लागि बन्द हुने जानकारी दिएका छन् ।नेपाल एक कृषि प्रधान देश हो । मधेशका ९० प्रतिशत भन्दा बढी जनता कृषि पेशा सँग जोडिएका छन् । तर कृषि प्रधान देश भएर पनि यहाँका किसानहरु बिउ विजन, मल खाद्यको अभाव खेपि रहेका छन् ।बिउ विजन , मल खाद र सिचाईको व्यवस्था तिनै तहको सरकारले गर्न नचाहेको विज्ञप्तिमा उल्लेख छ । ती अभावका लागि आवाज उठाउँदा समेत सरकारले दमन गरेको अवगत नै रहेको लेखिएको छ ।।जनमत पार्टीले सोमबार देखि अनिश्चित कालको लागि रौतहट बन्द तथा पुर्णरुपमा चक्काजाम हुने घोषणा गरेका छन् ।
सिरहा देखि सुरु भएको किसानहरुको जायज आन्दोलनको दोस्रो चरण अन्तरगत जनमत पार्टीले भोली रौतहट देखि अनिश्चित कालको लागि बन्द हुने बताइएको छ

जनमत पाटीले बिभिन्न मागहरु राखेको छन । जनमत पाटीले १.किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर ,समयमा मलखाद र बिउ बिजन को व्यवस्था गर .सिचाईको व्यवस्था गर, नसके सिंचाईका लागि विधुत निशुल्क गर ,हावा हुरी, बर्षा तथा मौसमका कारणले भएको बाली नालीको क्षति वापत राहत देउ , फसलको उचित समर्थन मूल्य निर्धारण गर ,उखु किसानको भुक्तानी गर , किसान कार्डको व्यवस्था गर – । किसान कार्ड देखाए सिमा नाकामा बजारबाट सामान ल्याउन पाइने व्यवस्था गर ,किसानलाई पनि पेन्सनको व्यवस्था गर ,स्वतः बाली नाली विमा हुने सुनिश्चितता गर ,किसान माथि दमन बन्द गर, झुठा मुद्दा खारेज गर ,गिरफ्तार आन्दोलनकारी लाई रिहा गर भनि सात बुन्दे माग राखेको जनमत पाटीका जिल्ला अध्यक्ष यादबद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ अति आवश्यक काम बाहेक जस्तै खाना नास्ता ,औषधी पसल ,अति आवश्यक सवारी साधन तथा संचारकर्मि तथा संचार माध्यमका सावारी साधन बाहेक अन्य सवारी पुर्णरुपमा बन्द हुने जनमत पाटीका प्रेश बिज्ञप्ती मार्फत जानकारी गराएका छन । किसानहरूको जायज र अति आवश्यक मागहरु पूरा नभएसम्म आन्दोलनमा रौतहटवासीका किसान जनसमुदायहरुमा सहभागी हुन आग्रह गरेका छन ।आन्दोलनबाट पर्ने असर र असुविधा प्रति सरकार स्वयं जिम्मेबार हुने जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादबद्धारा हस्ताक्षरित प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds