2024-03-28

Close

विपिन कुमार यादव,जनकपुरधाम, पुस १७ गते । विदेह नगरपालिका– २ स्थित दुहबीमा भएको जिवन राय आमातका पाँच वर्षीय छोरा अभिनन्दन रायको हत्या आफ्न्त पर्ने महिलाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषामा भएको ५ वर्षीय बालकको हत्याको कारण लेनदेन विवाद रहेको खुलेको छ ।

एसपी रमेश बस्नेतका अनुसार मृतक बालकको नातामा बाजे पर्ने ब्रहमदेव र जिवनबीच आर्थिक लेनदेन विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।

सोही रिसिबी साधेर ब्रम्हदेवकी जेठी छोरी बर्ष २६ की प्रमिला देवी अमातले बालकको हत्या गरेकी हुन् । हत्या अभियुक्त प्रमिलामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

बुधवार विहान करिब ९ बजे खेल्दाखेल्दै मृत बालक अभिनन्दन प्रमिलाको घरमा पुगेका थिए । प्रमिलाले उनलाई चाउचाउ खान दिएकी थिइन् । दिउँसो करिब १२ बजे बालकलाई निद्रा आउँदा प्रमिलाले बालकलाई बुवा ब्रह्मेव सुत्ने खाटमा सुत्न पठाइन् ।

 

सुतिसकेपछि घरमा समेत कोही नभएको बेला दुवै हातले घाँटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको हो । साँझ करिब साढे ६ बजे अँध्यारो भएको अबस्थामा घटनास्थलबाट मृतक लाश उठाई भैसी बाध्ने गोठघरमा सानो खाल्डो खनि उनले मृत बच्चालाई खरानिले छोपी राखेको अवस्थामा शव बरामद भएको थियो । शुक्रवार प्रादेशिक अस्पताल जनकपुरमा बालकको शव पोष्टमार्टम भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds