2024-04-25

Close

चन्दन पटेल ।बारा ।प्रसौनी गाउपालिकाको दशौ गाउँ सभा तथा आ.व ७८/७९ को दोस्रो हिउदो गाउँसभा भब्यताको साथ सम्पन्न भएको छ ।गाउपालिकाकै सभाहलमा सम्पन्न गाउँ सभालाई सम्बोधन गर्दै गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले आफुले जनताका स्वास्थ सेवामा सहज पहुचका लागि अहोरात्र लागेको कुरा सम्पुर्ण जनताहरुमा जगजाहेर रहेको साथै गाउँपालिकाका निम्न तप्काका जनताको बालबालिकाका लागि शिक्षामा सहज पहुच पुर्याउन सफल भएको बताएका छन । बिशेष गाउँ सभालाई सम्बोधन गर्दै भन्ने ,आफुले बोल्नु भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताए ।

अध्यक्ष गुप्ताले बिधिको शासनमा प्रसौनी गाउँपालिका नमुना भएको स्मरण गराउदै सबै समयमा आफुहरुले सभा र बिशेष सभा गराउन सफल भएको बताउदै आफ्नो गाउँपालिकाको उप-प्रमुख ,सम्पुर्ण वडा अध्यक्ष तथा सदस्य लगायत सबै कर्मचारीलाई समेत धन्यवाद दिए ।
अध्यक्ष गुप्ताले कुनै पनि भौतिक संरचना नभएको प्रसौनि गाउपालिमा सबै खालका भौतिक संरचना सम्पन्न गराउन लागिपरेको बताए । सबै खालका प्रशासनिक काम गर्न भवन नभएको बेला आफुले गाउपालिका भवन आफ्नो प्रथम प्राथमिकता भएको बताउदै आफुले त्यसको निर्माणमा समेत लागेको अध्यक्ष गुप्ताले बताए ।

गाउपालिकाका उपाध्यक्ष गिता साहले कार्यक्रमलाई सम्बोधन गर्दै भनिन जिल्लाको सबै जसो पालिकामा प्रमुख ,उप प्रमुख बिच भएको बिबादले धेरै काम हुन नसकेको बेला हामी प्रसौनिमा त्यसतो हुन नदिएको र विभिन्न कठिनाईका बिच हामिले कर्मचारीको मनोबल बढाएर गाउपालिकाको समग्र बिकासमा लागेको बताईन ।

गाउपालिका स्तरिय सबै योजना गाउपालिकाको जनताको लागि भएकोले सबै काममा मेरो सहमति भएको र आफु र अध्यक्ष मिलि बिकास गराएको बताईन । गाउपालिका भित्रका हरेक महिलाको साझा प्रतिनिधित्व आफुले गरेको र सबै महिलाका लागि आफू सदैव लड्ने बताईन । हरेक नया प्रमुख प्रशासकिय अधिकृत आउदा आफ्नो अनुसार फाईल ल्याउने गरेकोले कठिनाई हुने गरेको बताउदै त्यसता कार्यलाई बन्द गर्न आग्रह गरेका छिन ।

यस्तै गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले पालिकाको सबै कर्मचारीको लागि गाउ सभाबाट पारित नीति तथा कार्यक्रम उर्जाको श्रोत भएकोले पुर्ण रुपमा सफल र सम्पन्न गराउन कर्मचारीहरु दिनरात एक गरेर लागि पर्ने गरेको ठोकुवा गरे । केशरीले दशौ बिशेष गाउँसभा आफैमा एतिहासिक रहेको बताउदै गाउँ सभाले निर्धारण गरेका योजना कार्यान्वयनमा युद्धस्तरमा लागिपर्ने बताए ।

आज सम्म एउटा पनि तालिम नगराए पनि आफुहरु बिना तालिमको पनि धेरै सराहनीय काम गरेको वडा नम्बर ४ का अध्यक्ष आनन्द गुप्ताले बताए । अध्यक्ष गुप्ताले सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै फेरि जनताले सहि निर्णय गरेर हामिलाई नै सेवा गर्न मौका दिनुहुन्छ भने बिश्वास ब्यक्त गरे ।

गाउपालिका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको उक्त गाउँसभामा वडा अध्यक्षहरु क्रमशः लालबाबु मुखिया,सुरेश कुमार गुप्ता,बैजनाथ साह कानु,आनन्द गुप्ता,सनै साह तेलि,बृजकिशोर कुश्वाहा,राममणी गुप्ता,लेखा अधिकृत प्रेमबाबु प्रसाद सहित समस्त शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

गाउपालिका अध्यक्ष भोला प्रसाद गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सन्चालन स्वास्थ्य शाखा संयोजक सुरेश साहले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds