2024-04-25

Close

 

शैलेन्द्र यादव रौतहट २५ पौष आईतबार ।
रौतहटको देवाही गोनाही नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।
केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेलले दाउराको व्यवस्थापन गरेको हो । मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख पटेलले जानकारी दिएका छन् । देवाही गोनाही
नगरपालिकामा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।
मोटर साइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले आग्रह गरेका छन् ।
बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ । बर्षात पछि निरन्तर रुपमा चलि रहेको हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds