2024-04-25

Close

काठमाडौं । २१औं सशस्त्र प्रहरी दिवस-२०७८ को अवसरमा विभिन्न ९ वटा कल्याणकारी योजनाहरु घोषणा गरिएका छन् ।

१) स्वास्थ्य सेवा विस्तार:- सशस्त्र प्रहरी बल, नेपालका बहालवाला एवं अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुका साथै आश्रित परिवारजनले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौंमा मात्र सीमित रहेको नेपाल ए.पी.एफ. अस्पताललाई क्रमशः प्रदेश नं. १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेश प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य-पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकोमा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको र आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत १-१ वटा फिल्ड अस्पताल स्थापना गरिने छ ।

२) सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापनाः- बहालवाला एवं भू.पू. सशस्त्र प्रहरी राष्ट्रसेवक, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक-एक वटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरुप कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालन हुनेगरी सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गरिने छ ।

३) विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना एवं पेट्रोल पम्प विस्तारः- स्वच्छ उर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुरुप एवं सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी कोषको आयश्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षित बनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा Electric Vehicle Charging Station (विद्युतीय सवारी चार्जिङ स्टेशन) स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाईने छ ।

साथै समय-समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्नको लागि बागमती प्रदेश तथा सुदूर-पश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि शुरु गरी निरन्तरता प्रदान गरिएको छ ।

४) चारपाङ्ग्रे सवारी साधन खरीद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदानः- चारपाङ्ग्रे सवारी साधन खरीद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरुलाई समान रुपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ ।

५) शहीद समर्पण सम्मानः- कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती मध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर शहीदका श्रीमती (एकल महिला) एक जनालाई वार्षिक रुपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘शहीद समर्पण सम्मान’ स्वरूप रु २५ हजार नगद र सम्मान-पत्र प्रदान गरिने छ ।

६) अमर शहीदका श्रीमतीलाई सहयोगमा वृद्धिः- २१औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कार्यक्रम अन्तर्गत कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती (एकल महिला) लाई सम्मान स्वरुप उपलव्ध गराइएको वार्षिक नगद सहयोग रु.२००० मा रु. ५ सय थप गरी रु. २५०० कायम गरिएको छ ।

७) सन्ततिलाई निःशुल्क शिक्षाः- कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सन्ततिमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने एकजनालाई वार्षिक रुपमा नेपाल ए.पी.एफ. स्कूलमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने छ ।

८) नगद ऋण योजनामा महिला सशस्त्र प्रहरी कर्मचारी-मैत्री व्यवस्थाः- हाल सशस्त्र प्रहरी कर्मचारीहरुलाई कल्याणकारी सेवा केन्द्र मार्फत सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आएको नगद ऋणको कोटामा सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि मासिक रुपमा २५ वटा कोटा थप गरिने छ । यस अनुरुप वार्षिक रुपमा ३०० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुसहित जम्मा ३६०० जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।

९) शिशु स्याहार केन्द्र स्थापनाः- सशस्त्र प्रहरी बल, नेपालका एकाइहरुमा लैङ्गिकमैत्री वातावरण सिर्जना गर्ने संगठनको नीतिलाई निरन्तरता दिँदै प्रधान कार्यालयदेखि गण तहसम्म कार्यरत महिला राष्ट्रसेवक कर्मचारीको सुविधाको लागि शिशु स्याहार केन्द्र स्थापना गरी एकाइमा कार्यरत योग्य सशस्त्र प्रहरी कर्मचारीहरुद्वारा बालबालिकाहरुका लागि पूर्व-प्राथमिक शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds