2024-04-26

Close

अभिमनु पटेल/रौतहट । स्वर्गीय बुवाको बार्षिक पुण्यतिथिमा छोराहरूले उदाहरणीय कार्य गर्दै नगरभरीको जनताका लागि एकदिने नि:शुल्क स्वास्थ शिविर गराएको छ ।

रौतहट जिल्लाको क्षेत्र नं. २ अन्तर्गत ईशनाथ नगरपालिकाको वडा नं. ३ निवासी नेपाल सरकारका पूर्व सहायक वन अधिकृत स्व. हरदेव साहको दोस्रो वार्षिक पुण्य तिथिको अवसरमा उहाँको घर परिवारले एक दिने बृहत नि:शुल्क स्वास्थ शिविर चलाएका हुन ।

बर्षौ देखि नेपाल सरकारको अति महत्त्वपूर्ण पदमा एउटा देशको सच्चा शान्ताको रूपमा रहि कामकाज गरि सहायक वनअधिकृत सम्म पुगेर स्वर्गवास हुनुभयो तर हाम्रो लागि उहाँले धेरै कुराहरू दिएर जानुभएको भन्दै छोराहरूले खुशी साथ बुवाको पुण्यतिथिमा केही समाजिक कार्य मात्र समाजको सेवा गर्ने अवसर प्राप्त भएको बताए ।

नि:शुल्क स्वास्थ शिविरको प्रमुख अतिथि नवनिर्वाचित प्रतिनिधिसभा सदस्य किरण कुमार साह रहेको थियो । सांसद साहले सम्बोधन गर्दै एउटा गाउँको लागि होइन पुरै देशकै नजरमा यस्तो सराहनीय कार्य एक्काइसौं सताब्दीमा छोराछोरी र घरपरिवार पाउनु धेरै अप्ठ्यारो रहेको अवस्थामा स्व.हरदेव साहको पुण्यतिथिमा लाखौंको रकम खर्च जुन सेवा गर्ने भावना राखी अगाडि बढ्नु भएको छ यसको जतिसुकै प्रशंसा गरेपनि थोरै हुनेछ ।
मैले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा सार्वजनिक नै प्रथम बुन्दामा पढाइ, कमाई र दवाई राखेको थियो त्यसैको अन्तर्गत दवाईको अभियान विधिवत रूपमा स्वास्थलाई मध्य नजर गर्दै उद्घाटन कार्य आज शुभारम्भ गरेको उनले बताए । बुवा स्व. भएको दोस्रो बर्ष पुगेको छ तर उहाँको छोराहरूले आफ्नो जीवनको दौरधुपमा पनि स्व. हरदेव साहको पुण्यतिथि भुल्नु भएको छैन भने हाम्रो समाजको लागि ठूलो ऐतिहासिक कार्य गरिरहेको छ ।

रौतहट क्षेत्र नं २ मा सबभन्दा ठूलो समस्या स्वास्थ र शिक्षाको हो देशको मानव सुचाङ्गमा धेरै पछाडि ७७ अौँ स्थानमा यो जिल्ला पर्छ त्यसमा पनि हाम्रो क्षेत्र झन पछाडि परेको छ । यसलाई सुधार गर्न गुणस्तरीय शिक्षाको लागि प्राविधिक शिक्षा स्थापना गराइ उच्चस्तरीय शिक्षकलाई भर्ना गर्ने सोचले अगाडि बढेको बताए ।

क्षेत्र स्तरीय ठूलो व्यवस्थित अस्पताल बनाउने कल्पना रहेको छ त्यसलाई पनि सरकार गठन हुने लगत्तै त्यसको सम्बन्धित कार्यहरू छिटै अघि बढाउने तयारीमा राखेका हौं । समाजमा रहेको बिकृतीलाई बहिष्कार गर्न सबैले आफ्नो मानव सभ्यतालाई स्मरण गरि सहि र गलतलाई छुट्टयाउने कार्य गर्नुपर्छ । विकास र समृद्ध अनिवार्य यस क्षेत्रमा आउनेछ मैले अरू जस्तो अफवाह गलत प्रतिबद्धता कहिले पनि गर्दिन मैले जे भन्छु त्यो पक्कै पूरा गर्ने लक्ष्य सहित क्षेत्रबासीको बिचमा सधैं म उभिदै आएको उहाँले दाबी गरे ।

यमुनामाई गाउँपालिका वडा नं ४ मलहिनीया हजमिनीया टोल स्थित ५ बिग्हा जग्गा खरिद भइसकेको छ त्यसमा १३२ केबी मेगावाट चपुर र मौलापुर जस्तो बिधुत सब स्टेशन छिटै निर्माण हुनेछ । जतिसुकै ठूलो उधोग कलकारखाना यहाँ स्थापना हुन्छ भने उतिकै बेरोजगारी समाप्त हुदै जान्छ । यो क्षेत्रमा अपराधी गतिविधि गर्ने चोरीपैठारी, हत्याहिंसा गर्ने सबैले समयमा सुधर्न अनुरोध छ नत्र सुशासनको तह त्यस्तो अपराधी व्यक्तिलाई यहाँबाट प्लायन भएर जानुपर्छ तपाई बेरोजगार हुनुहुन्छ भने मसँग भेट्नु रोजगारी दिने जिम्मेवारी मेरो हो तर गलत गतिविधि गर्नेलाई कुनै छुट हुनेछैन सांसद साहले चेतावनी दिएका छन् ।

नेपाल सरकारको राष्ट्र सेवक कर्मचारी खासगरी यसक्षेत्र अन्तर्गत रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी/सशस्त्र प्रहरीको जिम्मेवार व्यक्तिहरूसँग मेरो आग्रह छ कसैको झोले नबन्नु, कुनै नेताको कार्यकर्ता सरह कार्य नगर्नु राम्रो कार्यको साथ सहयोग मबाट सधैं पाउनु हुनेछ जस्तोसुकै चुनौतीलाई सामना गर्न म साथ दिनेछु तर कुनै नेताको झोल बन्ने प्रयास गर्नुहुन्छ भने तपाई म छाड्न सक्दिन, यो क्षेत्रको म सांसद भएपनि मैले पनि केही गलत कार्यको सिफारिस गर्न खोज्यो भने सिधै मलाई नि भन्नू हुदैन कानुनले गर्न मिल्दैन म तपाईहरूलाई कहिले दबाब दिएर केही गर्नु भन्दिन सांसद साहले फिल्मी शैलीमा गरे ।

कार्यक्रम संचालन नेपाल सरकारका पूर्व सहायक वनअधिकृत स्व. हरदेव साहको रामसेवक साहले गरेका थिए । रामसेवक साहका अनुसार आफ्नो बुबा नेपाल सरकारको रास्ट्रसेवक कर्मचारी रहेर सेवा गरेको र म पनि नेपाल सरकारको रास्ट्रसेवक कर्मचारी रहेकोले आफुलाई भाग्यशाली मानेको बताए । सधैं समाजको सेवा गर्ने भावना बुवाको हेरिरहेको हुदा त्यही प्रेरणाले उत्साहित भई हामी दाईभाई र परिवारका अन्य सदस्यहरूले समाजिक कार्यप्रति आक्रशित भएर आजको दिनमा हामीले विभिन्न ठाउँमा मेहनत गरि कमाएको तलबबाट २ % प्रतिशत बुवा “हरदेव साह स्मृति कोष” मा जम्मा गर्ने गर्छौ त्यस रकमबाट समाजिक सेवामा निस्वार्थ भावनाले खर्च गर्छौ उनले बताए ।

यस नि:शुल्क स्वास्थ शिविरमा सबै आर्थिक खर्च उहाँको परिवारजनबाट नै गरिएको हो । स्वास्थ शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूद्वारा चेकजाँच गरिएको छ । डा.सुरज रौनियार MBBS.MS-Ortho, (हार्ड जोर्नी रोग विशेषज्ञ) N.M.C,बिरगंज, डा. लोकेश्वर चौरसिया MBBS. बंगलादेश, दृष्टीको लागि NECH Nepal Eye Care & Hospital मोहम्मद परवेज आलम (दृष्टि विशेषज्ञ) ले सेवा दिएको रामसेवक साहले जानकारी गराएका छन् ।

स्व. वनअधिकृत साहको दोस्रो पुण्यतिथिमा नि:शुल्क स्वास्थ शिविर कार्यक्रमको अध्यक्षता ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवदेव झा, विशिष्ट अतिथि पूर्व मेयर संतोष मेहता, वडा नं ३ का वडाअध्यक्ष रामचन्द्र राउत पूर्ववडाअध्यक्ष रामकैलाश राउत लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds