2024-04-27

Close

काठमाडौं । नयाँ बानेश्वर स्थित संघीय संसद भवन आगाडीबाट राष्ट्रिय एकता अभियानको अध्यक्ष विनय यादव लगायत सदस्यहरू पक्राउ परेका छन्।

नेपालको राष्ट्रिय जनावर गाईलाई हत्या गरेको विरुद्ध नाराबाजी गर्दा राष्ट्रिय एकता अभियानका केन्द्रीय संयोजक विनय यादव, नेता बिपी यादव, काठमाडौं सम्पर्क मंचका संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह, गणेश कुमार सिंह, संतोष मिश्रा लगायत अभियानका विभिन्न कार्यकरतालाई प्रहरीले पक्राउ गरी तीनकुने स्थित प्रहरी वृतमा राखेका छन्।

नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा दे, गौ हत्या बन्द गर, प्रधानमन्त्री राजीनामा देऊ,संविधानको रक्षा गर,गौवंशलाई हत्या गर्नेहरुलाई कारवाही गर ” जस्ता नारा लगायत विरोध प्रदर्शन गर्दा उनीहरू पक्राउ परेका छन्।

अभियानले प्रधानमन्त्री प्रचण्ड गाै हत्याका मतियार रहेकाे आराेप लगाएका छन् ।

केही दिन अगाडी कोशी प्रदेशको धरानमा एक समुदायका व्यक्तिहरुले सार्वजनिक रुपमै गोरु काटेर भोजभतेर गरेको भिडियो समाजिक सँजालमा आए पछि चौतर्फी विरोध हुँदै आएको छ ।

हिजो मात्रै मधेश प्रदेशको सिरहा जिल्लाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्बामा हिन्दु सम्राट सेनाले साँसद तत्माविरुद्ध प्रदर्शन गरेको थियो। संविधानमा गाई गोरु काटेर खान नहुने उल्लेख हुँदाहुँदै जसपाकी साँसद तत्माले एक फेसबुक पोष्टमा “गाई गोरु खानेलाई खान दिनुपर्छ” भन्ने टिप्पणी गरेपछि उनको चौतर्फी विरोध भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds