2024-04-25

Close

रौतहट फाल्गुन ११ गते । चन्दन कुमार महतो

नेपाली कांग्रेस पार्टी रौतहटको १४ औ जिल्ला अधिबेशनले रौतहटमा चुनावी माहौल बनेको छ ।
शेर बहादुर देउवा पक्षको उमेदवारहरुले प्रचार प्रसारमा उत्रे पछि निर्वाचनमय बातावरण भएको हो । फाल्गुन १५ मा हुने १६ जिल्लाको जिल्ला अधिबेशनको तयारीमा कांग्रेस कार्यकर्ता जुटेका हुदा जता ततै कांग्रेस पार्टीको झण्डा बोकेका सवारी साधनको लावालसकर , कार्यकर्ता र नेताको संगम हेर्दा चुनाबी माहौल बनेको पाइएको छ ।

दुवै पक्षले आफ्ना उम्मेदवार जिल्ला सभापतिमा निर्वाचन हुने दावी गर्दै जिल्ला प्रतिनिधि रिझाउने गरेका छन् । रौतहटमा शेर बहादुर देउवा पक्षको जिल्ला सभापति पदको उम्मेदवार जितेन्द्र यादव उर्फ सुनिल यादवले आफ्नो प्यानल निर्वाचित हुने दावी गरेका छन् ।
रौतहटको राजदेवी नगरपालिकाको मेयर धिरेन्द्र सिंह , दुर्गा भगवती गाउँपालिकाको मेयर अरूण कुमार , फतुवा बिजयपुर नगरपालिकाको नगर प्रमुख, ईसनाथ नगरपालिका को समाजसेवी महिला नेत्री मेयर उमेदवार अन्जु झा र मधेस प्रदेश का सभापति कृष्ण प्रसाद यादव लगायतका नेतासहितका समर्थकहरुको सहयोग समर्थन रहेका कारण देउवा पक्ष बलियो भएको बुझाई रहेको छ ।

देउवा पक्षबाट जिल्ला सभापति पदमा जितेन्द्र यादवले बिजय हुन्छ समाजसेवी महिला नेत्री अन्जु झा ले बताएका छन् ।
फाल्गुन १५ मा हुने जिल्ला अधिबेसनमा १ सभापति २ उपसभापति २ सचिव र २ सह सचिव गरी ७ पदको निर्वाचन हुने जिल्ला सभापतिको उम्मेदवार यादवले बताएका हुन् । २ हजार ७ सय निर्वाचन प्रतिनिधि मतदाता रहेको सो निर्वाचनमा जितेन्द्र यादवको नेतृत्वको प्यानल जित्ने दावी मधेस प्रदेश को सभापति कृष्ण प्रसाद यादवले गरेको हो ।

यादव पुरानो पार्टी कार्यकर्ता रहेको र अहिले सम्म जिल्ला सभापति कहिले नभएकोले यस पाली जिल्ला सभापति बनाउने कांग्रेसका जिल्ला प्रतिनिधिहरुको चाहना रहेकोले जित सुनिश्चित भएको उहाको भनाइ रहेको छ !

सस्थापन पक्ष तथा मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादवको समर्थनमा जिल्ला सभापति पदको उम्मेदवार जितेन्द्र यादव रहेका छन् । मधेश प्रदेश सभापति को समुहले जिल्ला अधिबेशनबाट आफ्नो समुह नै निर्वाचित हुने ठोकुवा गर्दै आएका छन् ।।।।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds