अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका ५ मुडिवामा पहिलोपटक महावीर झण्डा मेला सुरु भएको छ । श्री महावीर मेला महोत्सव समितिको आयोजनामा १२५ फीट अग्लो श्री श्री १०८ महावीर झण्डा मेला लगाइएको हो ।
मंगलबार १५ सय कलश शोभायात्रासहित झण्डा खडा गरी मेला प्रारम्भ भएको मेला समिति अध्यक्ष विपिन गोईत यादवले जानकारी दिए । गाउँवासीहरूले आर्थिक सहयोग संकलन गरी पहिलोपटक मुडिवामा झण्डा मेला लगाएको उनले बताए ।
वैशाख ९ देखि १३ गतेसम्म चल्ने झण्डा मेलामा सांस्कृतिक कार्यक्रमहरू, कुस्ती दंगल, अल्हा उदलको नाच, झरीझरी लगायतका विभिन्न खेलकुद र मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएका छन् ।