2024-04-27

Close

श्याम गुप्ता
बिरगंज, ५ माघ । बिरगंज स्थित मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको घरमा ढुङ्गा प्रहार भएको छ ।
बिरगंज महानगरपालिका वडा नं.१३ तेजारथ टोल स्थित मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार भएको हो ।
प्रदेशको स्थायी राजधानी जनकपुर तोकिए पछि बिरगंजमा असन्तुष्टि चुलिएको छ । मुख्यमन्त्री राउतले बिरगंजलाई राजधानी बनाउँन भूमिका नखेलेको भन्दै कतिपयले असन्तुष्टि जनाउँदै आएका हुँन् ।
विभिन्न समूहले राजधानी तोकिनु अघि पनि बिरगंजलाई स्थायी राजधानी बनाउँनु पर्ने माँग राखेर बिरगंजमा प्रदर्शन गरेका थिए ।
बिरगंजलाई राजधानी बनाउँनु पर्ने माँग राखेर नेपाली काँग्रेस बिरगंज महानगर कमिटिले र्‍याली निकालेको थियो । सोही र्‍यालीमा सहभागी एक युवकले मुख्यमन्त्रीको घरमा ढुंगा प्रहार गरेको प्रहरीको आरोप छ । ढुंगाले लागेर मुख्यमन्त्री राउतको घरको शिशा फुटेको प्रहरीले जनाएको छ ।
मुख्यमन्त्रीको घरमा ढुंगा हानेको आरोपमा बिरगंज महानगरपालिका वडा नं.१ छपकैया बस्ने २६ वर्षिय सुमन पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका पटेल नेपाली काँग्रेसको र्‍यालीमा सहभागी भएको उनको दावी छ । उनी विरूद्ध आपराधिक उपद्रको मुद्दा दर्ता गर्ने तयारी रहेको प्रहरीको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds