2024-04-19

Close

वीरगंज । जनता समाजवादी (जसपा) वाट र्निबार्चित दुईजना वडा अध्यक्ष सहित सयौको सङ्ख्यमा जसपा पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन्।

जनता समाजवादीवाट र्निबार्चित वीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले जसपा पार्टी परित्याग गरि एमाले प्रबेश गरेको केही दिन पछि २ जना वडा अध्यक्ष सहितको टोलीले काठमाडौ स्थित रहेको केपी अोली निवासमा पुगि पार्टी प्रबेश गरेका छन्।

जसपा वाट र्निबार्चित वीरगंज वडा नम्बर २८ का वडाध्यक्ष जयनारायणसिंह कुर्मी र वडा नम्बर २५ का वडाध्यक्ष विश्वराजप्रसाद कुर्मीसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।एमाले प्रवेश गर्नेहरुमा जसपा प्रदेश सदस्य अजय साह, पर्साका जिल्ला समन्वय समितिका सदस्य अमोद यादव र जसपा वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौको वडा कमिटीका उपाध्यक्ष महम्दिन मियाँ पवरिया सँगै विभिन्न वडाका वडा सदस्यहरु रहेको एमाले पर्साले जनाएको छ ।उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । ओलीनिवास बालकोटमा एक कार्यक्रमबीच उनीहरु एमाले प्रवेश गरेका हुन् ।सो अवसरमा नेकपाका केन्द्रिय सदस्य एवं पर्सा ईन्र्चाज प्रभु हजरा, केन्द्रिय सदस्यहरु निर्मला देवकोटा, राजकुमार गुप्ता, संबिधान सभा सदस्य बिचारी यादव,नेताहरु बसरुदिन अंसारी, शम्भु गुप्ता, मनोज गुप्ता,जालिम मियाँ ,युवा नेता रामकिसोर सिंह पराग,चन्दन मिश्रा, संजु छतकुली लगाएतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds