
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा ‘छैठौँ अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता २०८१’ भव्य रूपमा सुरु भएको छ ।
गाउँपालिकाको आयोजना र महावीर स्पोर्ट्स क्लब, खजुरीको समन्वय तथा व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिता आगामी आईतबारसम्म सञ्चालन हुनेछ ।






कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दिपिनदेव यादवले युवालाई खेलतर्फ आकर्षित गराउन र सामाजिक सद्भाव सुदृढ गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताए ।
खेलकुद भनेको अनुशासन, सहकार्य र स्वास्थ्यको प्रतीक हो। हाम्रो गाउँपालिकामा यस्ता प्रतियोगिताको निरन्तरता हुनु गर्वको विषय हो । फुटबलजस्ता खेलले युवा पुस्तामा नयाँ जोश, उमंग र देशप्रतिको प्रतिबद्धता जगाउँछ । हामी चाहन्छौं–हाम्रा युवाहरू मैदानमा पसिना बगाएर राष्ट्रको गौरव बढाऊन् ।
जनकनन्दिनी गाउँपालिका खेलकुद विकासमा अग्रसर छ । आगामी दिनमा अझ संरचित र दीगो खेल कार्यक्रम ल्याउने हाम्रो प्रतिबद्धता छ ।
यस प्रतियोगितामा गाउँपालिका कमला सहगलका साथै सबै वडाध्यक्षको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा स्थानीयवासी, युवा, खेलप्रेमी, समाजसेवी तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
महावीर स्पोर्ट्स क्लब, खजुरीका प्रतिनिधिहरूले यस प्रतियोगिता सफल बनाउन सबैको सक्रिय सहयोगको अपेक्षा व्यक्त गर्दै नियमित रूपमा यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगिता भैरहेको मैदान उत्साही दर्शकहरूले भरिएको थियो । उद्घाटन खेलमा सिरहा र गाईघाटको टीमबीच प्रतिस्पर्धात्मक प्रदर्शन देखिएको थियो, जसले प्रतियोगिताको स्तर उचो बनाएको छ ।
उदघाटन खेलमा सल्हेश टीम टाई ब्रेकमा जित हाँसिल गरे । दोस्रो खेल अन्तर्गत हेटौडा र वीरगँज युनाइटेबीच भएको हो । सो क्रममा हेटौडा १-० गोलान्तरले विजयी भए । दिउँसो ३ बजेदेखि चल्ने फुटलब म्याच अन्तर्गत भोली शनिबार आयोजक टीम र कटारीबीच प्रतिस्पर्धा हुनेछ ।