जनकपुरधाम । नेपालबाट भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणको मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउंपालिका–१ इनर्वाको सीमा क्षेत्रबाट ३ लाख १० हजार ६ सय मूल्य बराबरको मदिरा नियन्त्रणमा लिइएको जनाइएको छ । ६ वटा मोटरसाइकलमा लोड गरी नेपालबाट भारत तर्फ लैजाँदै २ सय ७ कार्टून सोफी मदिरा,७ कार्टून भर्जिन, ९ कार्टून ब्ल्याक ओके गरी जम्मा ३ लाख १० हजार ६ सय मूल्य बराबरको मदिरा सशस्त्र प्रहरीको टोलीले बरामद गरी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी गण नम्बर ८ ले दिएको जानकारी अनुसार मोटरसाइकलको मूल्य ५ लाख ५५ हजार कायम गरिएको छ भने मदिरा समेतको मूल्य गरी ८ लाख ५० हजार बराबरको अवैध सामानहरु आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा बुझाइने छ ।