जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
लोसपाको जनकपुरधाम नगर समितिको बैठकले प्रदेश सांसदसहित ५ जनाको नाम मेयरका लागि सिफारिस गरेको हो ।
मेयरका लागि प्रदेश सांसद परमेश्वर साह तथा संजय कुमार चौधरी, मनोज चौधरी, अमर पजियार र जानकीराम साहको नाम सिफारिस गरेको हो । जानकीराम भने अहिले वडा नं. ७ का वडाध्यक्ष हुन् ।
उपमेयरका लागि वर्तमान उपमेयर रिता झासहित पुनम झा, विभा ठाकुर, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको पार्टीका जिल्ला अध्यक्षसमेत रहेका सांसद परमेश्वर साहले जानकारी दिए ।
उनले पार्टीको नगर समितिले नाम सिफारिस गरे पनि यो सिफारिस जिल्ला समिति हुँदै प्रदेश र प्रदेशबाट केन्द्रीय समितिमा पठाइने बताए ।