अप्पन जनकपुर
काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जानकीराम साह नेकपा (एमाले) प्रवेश गरेका छन् ।
मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको काठमाडौंस्थित निवासमा वडाध्यक्ष साहले पार्टी प्रवेश गरेका हुन् ।
साहलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अबिर र खादा लगाई स्वागत गरेका छन् ।
साह लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । साहले गत निर्वाचनमा तत्कालीन राजपाबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
आसन्न स्थानीय निर्वाचनमा साह जनकपुरधाम उपमहानगरको मेयरका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् । लोसपामा मेयरका धेरै आकांक्षीहरु रहेको आफूले टिकट नपाउने अवस्था देखेपछि एमालेमा प्रवेश गरेको बताइएको छ ।