2024-03-29

Close

कृष्णनगर, कपिलवस्तु – वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आज देखि उक्त कार्यालयको जिम्मेवारी सम्हालेका कृष्णनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुमन पाण्डेले अब बैशाख ३० गते सम्म निर्वाचन सम्पन्न गर्नका लागि सबै जिम्मेवारी पालिका भित्र बसी पुरा गर्ने छन् । बैशाख ११ उमेद्धारहरुको उमेद्धारी दर्ता प्रक्रिया सुरु भएसँगै बैशाख ३० सम्म निर्वाचन आयोगले तोकेको तालिका अनुसार सबै कामहरुको जिम्मेवारी निर्वाचन अधिकृतको रहने जानकारी गराइएको छ ।

कृष्णनगरमा कार्यालय स्थापना संगै कार्यक्रमको आयोजना गरि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लगायत अन्य जन प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागितामा उपस्थित हरूबाट उठेका निर्वाचन सम्बंधि जिज्ञासाको कृष्णनगरमा निर्वाचन अधिकृत सुमन पाण्डेले सहजीकरण गर्नुका साथै निर्वाचन आचारसंहिताका विषयमा अन्तक्रिया गर्दै जानकारी प्रदान गरिएको पनि पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds