2024-04-23

Close

सन्तोष यादव, जनकपुरधाम । चुनाव जितेपछि जोसुकै उम्मेदवार खुसी हुन्छन् । विजयी भएका उम्मेदवारले विजयी जुलुस निकाल्ने परम्परा नै छ हाम्रो समाजमा । तर त्यो परम्परा तोडेर मेयरमा पराजित भएका बिपी साह यति बेला खुसीयाली मनाइरहेका छन् ।

साह जनमत पार्टीबाट धनुषाको सबैला नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । उनी पराजित भए, दुःखी छैनन । पराजितलाई पनि उनले विजयी ठान्दै उनले सामाजिक संजाल मार्फत खुसीयाली मनाउन आफ्ना समर्थकलाई अपिल नै गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो जनमत पार्टी (जपा) र मेरो लागि पनि यो आम चुनाव पहिलो थियो । जनमत पार्टी वा मैले हार्ने कुनै सिट नै थिएन । १ मत भए पनि हामी जित्ने नै हौँ । र, उम्मेदवारी दिएको हरेक पालिकामा हामीले जित्यौँ । हामीले कुनै सिट गुमाएनौँ। भूमिका मात्र फरक भयौं ।’

सबैलाको कुल सदर मत १९६९६ छ । त्यसको १० प्रतिशतभन्दा बढी मत अर्थात् १९८९ मत साहले पाए । ‘पहिलो प्रयास मै १० प्रतिशतभन्दा बढी मत ल्याउनु ठूलो उपलब्धि हो’, उनको दाबी छ, ‘आउँदो चुनावमा हाम्रा एक जना मतदाताले अर्को एक जना मतदाता मात्र थप्ने हो भने हामी प्रक्रियागत चुनाव सहजै जित्ने छौँ ।’

जितेका उम्मेदवार वा गठबन्धनभन्दा आधा मत एक्लैसँग भएकोले हामी सशक्त प्रतिपक्षीको भूमिकामा उभिनुपर्छ र जसका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । उनले आउँदो प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा रहन पनि आग्रह गरेका छन् ।

सबैलाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादव विजयी भएका हुन् । उनी माओवादी नेता तथा पूर्वमन्त्री मातृका प्रसाद यादवका भाइ हुन् ।

पाँच दलीय गठबन्धनका अघोषित उम्मेदवार भए पनि यादव मात्र २१ प्रतिशत मत ल्याएर प्रक्रियागत विजयी भएको भन्दै पराजित उम्मेदवार साहले विजयी सबैमा बधाई ज्ञापन गरेका छन् । टुडेखोज

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds