2024-04-18

Close

जनकपुरधाम । विदेह नगरपालिका वडा नं. ५ का नवनिर्वाचित वडा अध्यक्ष राधेश्याम गोईत (देबेन्द्र)ले पदभार ग्रहण गरेका छन् ।

नवनिर्वाचित मेयर बेचन दासको प्रमुख आतिथ्य र उपमेयर आशा देवी झाको विशिष्ट आतिथ्यमा वडाध्यक्ष गाईतले एक समारोहबीच पदभार सम्हालेका हुन् ।

पदभार ग्रहण गर्दै वडा अध्यक्ष गोईतले वडाबासीको जनभावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘जनताको काम नै मेरो प्राथमिकता हो । सबैलाई समेटेरे, बडाबासीको भावना बुझेर अगाडी बढ्छु ,’ उनले भने ।

पदभार ग्रहण समारोहमा नेकपा एकीकृत समाजवादीबाट मेयरका प्रत्यासी राजकिशोर रोहिता यादव, पूर्व वडा अध्यक्ष विजय गोइत, कार्यपालिका सदस्य श्यामसुन्दर दास, सत्रुधन राय, संजय यादव, सुनिल मण्डल, बेच्न दास, मदिक राईन, कमलदेब गोइत, बिरेन्द्र मरबैता, सन्तोष यादव, पशु डाक्टर जयप्रकाश रान लागयत बुद्धिजिवी, कर्मचारी, वडाबासी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds