2024-04-20

Close

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ । यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो ।
गत वर्ष साउनमा गाउँपालिकामा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत सावन चौधरीको सक्रियतामा यसवर्ष समयमै गाउँसभा सम्पन्न भएको छ । असार १० गते गाउँपालिकामा आयोजित सभाबाट अगामी आर्थिक वर्ष २०७९।०८०कालागि ३२ करोड ९० लाख बजेट ल्याएको छ । असार १० गते नै नीति तथा कार्यक्रम र बजेट पारित गर्न गाउँपालिका सफल भएको हो । विगत चार वर्षदेखि धनौजिमा नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण सभा सम्पन्न हुन सकेको थिएन् ।
धनौजीको विकासका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि तथा रोजगारलाई केन्द्रित गरेर बजेट ल्याईएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । कार्यापालिकाको बैठकमा नीति तथा कार्यक्रममा समावेश गर्ने विषयमा प्रतिनिधिका बीचमा सहमति कायम नहुँदा गत आर्थिक वर्षको सभा हुन सकेको थिएन् । गत वर्ष असार १० गते भित्र गर्नु पर्ने सभा साउनमा कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत चौधरीले प्रतिनिधिहरुलाई सहमति गराएर असोज २५ गते सभा सम्पन्न गराएका थिए ।
सरकारको निर्देशन अनुसार पछिल्लो चार वर्षदेखि धनौजीको नीति तथा कार्याक्रम र बजेट समयमै आउन नसक्दा कार्यपालिकाको कामकाज प्रभावित हुँदै आएको थियो, प्रमुख प्रशासकिय अधिकृत चौधरीले भने ‘अगामी आर्थिक वर्ष २०७९।०८० को लागि ३२ करोड ९० लाख बजेट ल्याएका छौं ।’ जनप्रतिनिधि तथा कर्मचारीहरुको अथक प्रयास पछि पहिलो पटक धनौजिले समयमै बजेट ल्याउन सफल भएको छ ।
असार १० गते आयोजित गाउँसभामा धनौजी गाउँपालिकाका अध्यक्ष राज कुमार साह, उपाध्यक्ष रामवती मण्डल सहित ५ वटै वडा अध्यक्ष, वडा सदस्य तथा जनप्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो । वडा स्तरबाट आएका योजनालाई प्राथमिकताका साथ अगाडि ल्याउने अध्यक्ष साहले प्रतिवद्धता व्यक्त गरे ।
विवादले गाउँपालिकाको सवै काम लथालिंग भएको थियो, अधिकृत चौधरीले भने ‘समयमै गाउँसभा सम्पन्न भएपछि विकास निर्माण र सरकारी सेवा सुविधा प्रवाह गर्न सहज हुने छ ।’ विगतमा बजेट नै पास नभएपछि आर्थिक ऐन पारित हुन नसक्दा काम गर्न समस्या हुँदै आएको थियो । तर यस वर्ष त्यो समस्या समाप्त भएको छ । गाउँपालिकाले जनमुखि बजेट ल्याएको छ । जनतालाई विकासको अनुभूति दिलाउन गाउँपालिका निरन्तर सक्रिय छ, अधिकृत चौधरीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds