2024-04-19

Close

जनकपुरधाम । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।
दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ । कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न दलित केन्द्रित मतदाता कार्यत्रबmम संचालन गर्न सरोकारवालाले जोड दिए । उनीहरुले दलित समुदाय सधैं भेदभावको शिकार हुँदै आएका कारण उनीहरुको समस्या समाधान गर्न सरकारसँग माग गरे ।
कार्यक्रमका प्रमुख अतिथि लोसपाका प्रदेश सांसद प्रमेश्वर साहले विभेदकारी संविधानका कारण दलित विभिन्न समस्याबाट गुज्रिरहेको बताए ।
सांसद साहले सीमान्तकृत समुदाय र महिला दलितलाई दबाबमा राख्न चाहने दललाई मधेसका जनताले भोट दिएकाले महिला, दलित र सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको गुनासो गरे ।
अर्का प्रदेश सांसद चमेलीदेवी दासले दलितको मतदाता नामावली वा नागरिकताको समस्या समाधानका लागि संसदमा आवाज उठाए पनि प्रदेश सरकार पेन्डुलमजस्तै भएकाले कुनै समाधान हुन नसकेको बताइन् ।
दलित सरोकार मञ्चले महिला, दलितलगायत सीमान्तकृत जनताका समस्या समाधानका लागि प्रदेशका अन्य जिल्लामा पनि अन्तरक्रिया गरिरहेको फोरमका कार्यक्रम संयोजक रोशन पासवानले बताए ।
राष्ट्रिय दलित पत्रकार संघ धनुषाका अध्यक्ष कुलदीप दास प्रेमको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds