2024-04-18

Close

काठमाडौं । राष्ट्रिय एकता अभियानले पाकिस्तान र बङ्लादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउदै यस्तो माग गरेका हुन। सो ज्ञापनपत्र नेपाल स्थित राष्ट्र संघ कार्यालयका सुचना अधिकारी राजेन्द्रमान बनेपालीले बुझेका थिए।

बङलादेशको नाराइल सदर उप जिल्ला स्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनापश्चचात सो माग गरिएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले बताएका छन।

‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्न डर धम्की दिएका थिए’ ज्ञापनपत्रमा भनिएको छ–‘यसमा प्रिन्सिपललाई छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए।’ जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो पनि लगाएको जनाईएको छ।

ती छात्र र स्थानीय जिहादीले धर्मको अपमान गरेको आरोप लागउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको ज्ञापनपत्रमा उल्लेख छ।

बाङलादेश र पाकिस्तानमा हिन्दुत्व बिरोधि जिहादी घटनाहरू पटक–पटक हुनुले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको बिषयमा अति गैरजिम्मेवार देखिएको आरोप लगाईएको छ। ति देशका सरकार जिहादीहरूको गतिविधिमा रोक लगाउन असक्षम देखिएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यक्ता रहेको अभियानले वताएका छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds