2024-04-25

Close

भदौ ८, सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ ओटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरे क्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ ओटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो ।

 

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिवार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार २०० बिरुवा रोपेर अभियान शुरु गरिएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ । मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ ।

संघ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवर्द्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ ।

सरकारको नीति तथा कार्यक्रमअनुसार हरित प्रदेशको कल्पनासहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानालासहित कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले जानकारी दिए ।

अग्नीसाइर कृष्णसवरणमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले महगनीको बिरुवा रोपेर अभियान शुरु गरे । अभियानअन्तर्गत महगनी, साल, सिसौ, टिकजस्ता बिरुवा रोपिएको छ । प्रदेश नं २ मै वन क्षेत्र कम रहेकाले विभिन्न प्राकृतिक प्रकोप तथा वन र वातावरणमा सङ्कट निम्तिदै भावी सन्ततिको जीवनसमेत खतरामा पर्ने जिकिर गर्दै खाली रहेको निजी तथा सार्वजनिक जग्गामा समेत वृक्षरोपण गर्न मन्त्री साहले आग्रह गरे ।

सप्तरी जिल्लामा हाल १६ प्रतिशत मात्र वन क्षेत्र छ । अभियानका क्रममा यसलाई वृद्धि गरी कम्तीमा ४० प्रतिशत पुर्‍याउने प्रदेश सरकारको योजना छ । प्रदेश सरकारको यो अभियानले प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति रोक्ने तथा जलवायु परिवर्तनमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds