जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका आ.व.२०७८-०७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना द्धारा संचालित माछाको पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मोटर वितरण गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका पशु सेवा शाखाको आयोजनमा संचालित कार्यक्रममा नगर प्रमुख सुखदेव यादवको उपस्थितीमा ३५ ओटा मोटर वितरण गरिएको छ ।
कार्यक्रममा उपस्थित नगर प्रमुख यादव क्षिरेश्वरनाथ नगरपालिका भित्र बसोवास गर्ने धेरै व्यक्ति कृषि पेशामा लागेका छन किसानहरुको उत्थानका लागि किसानहरुकै सुझाव सल्लाह अनुसार अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष मोद कुमार महतो (मोदी), निवर्तमान वडाअध्यक्ष अशेश्वर महतो, नेकपा एमाले नगर कमिटि उपाध्यक्ष अनिल चौधरी लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
त्यसैगरी शनिवार नगरपालिकाको वडा नम्बर १० हारसरमा भैंसीको पकेट विकास कार्यक्रम अन्तर्गत ५०% अनुदानमा दुहुना भैंसी वितरण गरिएको छ ।
दुधजन्य पदार्थको आयतमा कमी, किसानको आयतमा वृद्धि र पोष्णमा सुधार यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।