2024-04-26

Close

जनकपुरधाम । जनकपुरधाम सँग जोडिएको ऐतिहासिक भूमि धनुषाधाम क्षेत्र सरसफाईको लागि थालिएको अभियानमा धनुषाका प्रशासनका प्रमुखहरुले हातोमालो गरेका छन् ।

धनुषाधामस्थित धनुषसागर पोखरी धनुषमन्दिर सौन्दर्यीकरण तथा सरसफाई अभियानको पाँचौ दिन धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेल र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख (एसपी) बसन्त रजौरेले सफाई अभियानमा हातोमालो गरेका छन् ।

दैनिक हुने पोखरी सरसफाई अभियानमा बुधबार बिहानै धनुषाधाम पुगेका धनुषाको सिडिओ पौडेल र एसपी रजौरेले अभियानीहरुको मनोबल उच्च बनाउन आफैँ पोखरीमा पसेर सरसफाई गरे ।

ऐतिहासिक एवम् धार्मिक विश्वास बोकेको धनुषसागर पोखरी सफाई तथा सौन्दर्यीकरणको अभिभारा उठाएका धनुषाधामका युवाहरुलाई प्रोत्साहन गर्नको लागि समुदाय प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत अभियानीहरुलाई मनोबल बढाएको हो ।

स्थानीय युवाहरुको एक टिमले धनुषसागर पोखरी र धनुष मन्दिर पूर्ण सफाईको लागि अभियान चलाएको छ । सो अभियानमा जिल्लाकै प्रमुख व्यक्तित्वहरु आएर प्रोत्साहन गरेपछि यो महिनाभित्रै अभियानलाई पूर्णता दिइने पत्रकार बिनय यादवले बताए ।

सो क्रममा सिडिओ पौडेलले अभियानीहरुको अभियानलाई सराहना गर्दै अन्य धार्मिक क्षेत्रहरुमा पनि यस्तो अभियान सँचालनको अपेक्षा गरे । उनले अभियानीहरुको प्रशँसा गरे ।

यस्तै, एसपी रजौरेले यस्ता समुदायिक कार्यहरुमा जिल्ला प्रहरी कार्यालय धनुषा जहिले पनि अग्रसरता देखाएको उदाहरण देखाउँदै समुदायको लागि नेपाल प्रहरीको समन्वय र साँझेदारी अनिवार्य हुने प्रतिवद्धता जाहेर गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds