अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन देव यादव आफ्नै वडाका जनताको समस्या बुझ्न घरदैलोमा छ।
अध्यक्ष यादव निर्वाचित भएपछि आज गाउँपालिका १ मल्हनियाका समस्याहरु बारेमा जनतासंग प्रत्येक्ष रुपमा भेटघाट गरि उनिहरुको समस्या बुझिरहेको छ। सो खबर मल्हनियाबासीले पाएपछी उनिहरु अध्यक्ष यादवलाई स्वागत गर्नको लागि घर घरमा फुल मला ,पैसाको माला र अबिर लगाएर घर घरमै स्वागत गरिएको छ।
अध्यक्ष यादव सधैं जनकनन्दिनी गाउँपालिकामा विगतमा भैरहेको भ्रष्टाचारको विरुद्धमा अवाज उठाइएको थिए। उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने निडर भएर बोल्ने गर्थे।सोही कारणको जनताको माझ लोकप्रिय बन्दै गए ।
जनताको मनमनैमा बस्न थाले दिपिन देव यादव । उनलाई युवाहरु बाबा भनेर बोलाउने गर्छ। उनी अहिले अविवाहित हुनुहुन्छ ।
This will close in 20 seconds