आसन्न ४ गते हुने लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रदेश २ (ख) वाट स्वतन्त्र उम्मेदवार बनेका रुपेशमान सिंहले आफ्नो ललटेन छापमा मत दिने आग्रह गरेका छन्।
प्रदेश सभा सदस्यका उम्मेदवार रहेका सिंहलाई वीरगंज महानगरपालिका वडा नम्बर १० आर्दशनगरका टोलबासिले फुलमाला लगाई स्वागत गरि समर्थन गरेका छन्।
घरदैलौमा जनताहरु संग भेटघाट कार्यक्रम सिंहले लोसपा पार्टीवाट निर्वार्चित भएका कुर्मीले क्षेत्रमा केहि बिकास नगरि आफ्नो मात्र बिकास गरेको आरोप लगाऊदेै पार्टी भन्दा माथि उठि स्वतन्त्र उम्मेदवारलाई भोट दिन मतदाताहरुलाई मतदान गर्न आग्रह गरेका छन्।
सिंहले भन्ने निर्वार्चित भएका कुर्मीले श्रिसिया गाऊमा रहेको आफ्नो १० बिघाको खेतको बिचैबिच बाटो बनाई आफ्नो जगाको मुल्यांकन बढाएका छन् भन्ने प्रदेस सरकारवाट कृषी अनुदानवाट पाएको ट्याक्टर घरमे राखि आफै प्रयोग गर्दै आएका छन्।
मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै सिंहले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
This will close in 20 seconds