2024-03-29

Close

जनकपुरधाम १७ असोज । धनुषाको सबैला नगरपालिकाका चन्देश्वर महरा जनता समाजवादी पार्टी (जसपा)को झण्डा बोकेर जनकपुरधामको पिडारी चोकमा बसिरहेका थिए । रेल्वे स्टेशनबाट जसपाले निकालेको जुलुसमा सहभागी भएर नगर परिक्रमा गरेका महरा नेताहरुले भाषण गरिरहँदा एउटा कुनामा बसिरहेका थिए ।

थकित मुद्रामा देखिएका महरालाई हामीले सोध्यौं– कहाँ आउनुभएको हो ? उनले भने, ‘जुलुसमा ।’ कसको र के सम्बन्धी जुलुस हो ? भनेर पुनः सोध्दा उनले यसबारे अनविज्ञता प्रकट गरे । भने, ‘खै के को हो त्यो थाहा भएन ।’

पार्टीको झण्डा समातेर नेताहरुको भाषण सुनिरहेका लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका रामएकवाल मण्डल र झगडु मण्डललाई पनि कुन कार्यक्रम हो थाहा थिएन । ‘जुलुसमा त आयौं, तर के को जुलुस हो त्यो थाहा भएन,’ दुवैले भने । गाउँका नेताहरुले जानुपर्छ भनेपछि आफूहरु आएको उनीहरुले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारी ‘बेटी बढाऊ बेटी बचाऊ’ अभियान अन्तर्गत कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गरिएको सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि जसपाले आइतबार धनुषासहित प्रदेश २ का आठवटै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

प्रदेश २ को अस्थायी राजधानी समेत रहेको जनकपुरधाममा आयोजित प्रदर्शनमा गाउँ–गाउँबाट सर्वसाधारणलाई ल्याइएको छ । दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनकपुरधाममा ल्याउँदा उनीहरुले कुन कार्यक्रममा आफूहरुलाई ल्याएको हो भन्ने जानकारी समेत पाएका छैनन् ।

जसपाले गरेको प्रदर्शनमा सहभागी हुन आएका महिला
अख्तियारविरुद्व जसपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरु आएपनि पार्टीको नाम समेत थाहा थिएन । सपहीका गयाराम यादवले आफू राजपाको जुलुसमा सहभागी भएको बताए ।

बनिगामाका रामकरण दासले मधेशी पार्टीको जुलुस भएको बताए । ‘मधेशीको अधिकारका लागि आन्दोलन छ भनेर आफूलाई ल्याइएको छ,’ दासले भने । दास सवार रहेको ट्याक्टरमा बसेका अधिकांश महिलाले मधेशीलाई अधिकार नदिएकाले आफूहरु आन्दोलन गर्न आएको बताइन् ।

बनिगामाकै १५ वर्षीय बालक सुनिल यादव पनि जसपाको प्रदर्शनमा सहभागी देखिए । उनले आफू नेपाली कांग्रेसको प्रदर्शनमा आएको सुनाए ।

जसपाले अख्तियारविरुद्वको प्रदर्शनलाई ठूलो देखाउन गाउँ–गाउँबाट जनता उतारेका छन् । अधिकांश दलित समुदायका वृद्धवृद्धा र महिलालाई ट्याक्टरमा लोड गरी जनपुरधाम ल्याइएको पाइएको छ ।

ट्याक्टरका साथै जीप र मोटरसाइकलमा आएकाहरु अख्तियारविरुद्ध जसपाले गरेको प्रदर्शनमा सहभागी भएका छन् । प्रदर्शनमा प्रदेशका पूर्व राज्यमन्त्री सरोज सिंहसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

रेल्वे स्टेशनबाट निकालिएको विरोध र्‍याली भानु चोक, जनक चोक, मुरली चोक, रमानन्द चोक, जानकी मन्दिर हुँदै पिडारी चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेर गल्ती गरेको बताएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds