यातायात सवारी वीरगंजका लेखा अधिकृत यादवका कारण सेवाग्रहीहरु आतंकित

यातायात व्यवस्था कार्यालय सवारी वीरगंजका लेखा अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारको मामिलामा कार्यालय भित्र गन्हाए पनि सम्बन्धित निकाय मौन भएर बस्दा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । उनी लेखा अधिकृत भएर आफ्ना फांटमा बेतल्बी कर्मचारीहरु राखी उनीहरुकै मार्फत सेवाग्रहीहरु संग घुसको रकम असुल्न लगाई दिनहुं मालामाल भईरहेको चर्चा व्यापक सुन्न थालिएको छ ।
लेखा शाखामा नगदी रसिद लिन जांदा बैंकमा दस्तुर बुझाएको भौचर भित्र ५०÷१०० को दरले नोट बेरेर दिने बाध्यात्मक स्थिति रहेको सेवाग्रहीहरु बताउदछन् । लेखा शाखामा बेतल्बी कर्मचारीहरु लक्ष्मी कुशवाहा, बृजकिशोर यादव, सुजित झा, उमेश दास, रमेश पटेल लगायतका व्यक्तिहरु राखी सेवाग्रहीहरुलाई दुःख दिने गरेको र उनीहरुबाट असुलेको रकममा अधिकृत यादवले मौजमस्ती गर्दै आएको बताईन्छ । लेखा शाखामा सामान्य रुपमा दैनिक करिब ९० हजार घुसको रकम असुल्ने कार्य हुने गरेको बताईन्छ । यसको अलावा हीरो, होन्डा, यामाहा, सुजुकी, टिभीएस जस्ता थुप्रै कम्पनीहरुको मोटरसाईकल, पिकअप, कार, टाटासुमो लगायतका नयां गाडीहरुको दर्ता, सहमती, नामसारीको काममा पनि लेखा शाखाको निश्चित रकम तय गरिएको बताईन्छ । तय भएको रकम लिएर नै दर्ता, सहमती र नामसारी लगायतको नगदी रसिदहरु काटिने गरिएको बताईन्छ । यस कार्यमा पनि अधिकृत यादवले एकमुष्ट लाखौ लाख रकम बुझने गरेको एक मोटरसाईकल कम्पनिका प्रतिनिधिले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
लेखा अधिकृतको संगै–संगै यादवले मोटरसाईकल र च.ज. फांटको अधिकृत भई यो दुबै शाखामा पनि भ्रष्टाचारको कार्यलाई तिब्रता दिदै आतंक नै मच्चाएको सेवाग्रहीहरुको गुनासो रहेको छ । मोटरसाईकल फांट र च.ज. फांटमा पनि बेतल्बी कर्मचारीहरु राखी अधिकृत यादवले घुसको रकम असुल्ने काम गर्ने गराउने गरेको जो कोहीले पनि सजिलै भेटन सक्छ । यस फांटहरुमा पनि नयां गाडीहरुको दर्ता, सहमती र नामसारीको कार्यमा लेखा अधिकृत यादवले नै मोटै रकम बुझने गरेको बताईन्छ । कार्यालय प्रमुख उमेश कुमार रेगमीको आर्शिवादमा अधिकृत यादवले ब्रह्मलुट मच्चाउदै सेवाग्रहीहरुलाई आतंकित नै पारेको भुक्तभोगीहरु बताउन थालेका छन् । यातायात कार्यालयलाई भ्रष्टाचार कार्यालयको रुपमा परिणत गर्ने सिपालु अधिकृत यादवले भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउन सफल भएको बताईन्छ ।
यातायात कार्यालयमा जरो गाडेर बसेका अधिकृत यादवको सरुवा पटक–पटक भए तापनि मधेश प्रदेश अर्थ मन्त्रालयको विभागमा मोटै रकम दक्षिणा चढाई प्रमुख रेगमीलाई रिझाउदै रवाना नबुझेको कार्यालय स्रोतको कथन रहेको छ । प्रमुख रेगमी पनि भ्रष्टाचारको मामिलामा निलम्बन परेका व्यक्ति हुन् । उनी निलम्बन परिसके पछि विभिन्न शक्ति केन्द्रमा धाई निलम्बनलाई फुकुवा गराउन सफल भई सुध्रिएर कार्य गर्नु पर्ने ठाउंमा झन भ्रष्टाचार कार्यलाई बढावा दिदै आफ्नो दुनो सोझ्याउदै आएको बताईनछ । कार्यालयमा उनको प्रिय पात्र भ्रष्टाचारमा लिप्त लेखा अधिकृत यादव नै हुन् । लेखा अधिकृत यादवको भ्रष्टाचार सन्दर्भमा अर्थ मन्त्रालयका प्रवक्ता रुपेश कुमार साह संग मोबाईल फोन सम्पर्क गर्दा उनको बारेमा सम्पूर्ण कुरा म सचिव गजेन्द्र कुमार ठाकुर समक्ष अवगत गराउने बताउदै थप कुरा बुझने प्रतिक्रिया दिए ।

बिज्ञापन