जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव र उपाध्यक्ष कमला गाउँपालिका राष्ट्रिय महासँघको सदस्यमा निर्वाचित

जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादव र उपाध्यक्ष कमला सहगल गाउँपालिका राष्ट्रिय महासंघको सदस्यमा निर्वाचित भएका छन् ।

आईतबार मधेश प्रदेशको बर्दिवासस्थित सम्पन्न गाउँपालिका राष्ट्रिय महासँघ नेपालको मधेश प्रदेशको दोस्रो अधिवेशनबाट सदस्यमा अध्यक्ष यादव र उपाध्यक्ष सहगलले सदस्यता प्राप्त गरेका हुन् ।

बिज्ञापन

सम्पन्न अधिवेशनबाट मधेश प्रदेशको १३६ स्थानीय तहमध्ये ५९ गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमध्येमा जनकनन्दिनी गाउँपालिकाको तर्फबाट यादव र सहगलले सदस्य पदमा निर्वाचित भएका छन् ।

अध्यक्ष यादव र उपाध्यक्ष सहगललाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई समेत दिएका छन् ।