2024-03-29

Close

जनकपुरधाम, साउन २८ गते । श्रीमानसँग छुटिएर माइतीमा बस्दै आएकी महिलाको हत्या गर्ने दुई व्यक्ति दुई महिनापछि पक्राउ परेका छन् ।

महोत्तरीको गौशाला नगरपालिका १० माइतीमा बस्दै आएकी ३० बर्षीय अन्जु श्रेष्ठको हत्या गर्ने गौशाला नगरपालिका ८ का ३६ बर्षीय राजकिशोर गिरी र सोहि नगरपालिका वडा नम्बर २ का ४१ बर्षीय दशै ठाकुर पक्राउ परेका हुन् ।

दुबैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान शुरु गरिएको महोत्तरी प्रहरीले जनाएको छ । ३० बर्षीया श्रेष्ठको ५ असारको राति हत्या भएको थियो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सिन्धुली निवासी श्रीमान् इश्वर श्रेष्ठले अर्को बिहे गरेपछि उनी दुई सन्तानसहित केहि बर्षदेखि माइतीमा बस्दै आएकी थिइन् । अन्जुको हत्या गर्ने क्रममा पक्राउ परेकाहरुले अन्जुको मोवाइल समेत लुटेर लगेका थिए ।

सोही मोबाइलको आइएमइ नम्बरको आधारमा दुबैलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट हत्यामा प्रयोग गरिएका मोबाइल तथा एक थान चक्कु समेत बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds