2024-04-30

Close

आईसिपी वीरगंज भन्सार कार्यालयको भित्रैवाट कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोमतोमा व्यापक रुपमा तस्करी भईरहेको छ।
वीरगंज १७ स्थित रहेको आईसिपी भन्सार कार्यालयका कर्मचारी, जाँचकी र एजेन्टहरुको मिलोभगतमा सामानहरुको मुल्यांङ्गकन कम गरी जाँचपास गरिरहेको हुनाले सो कार्यालयवाट नै करोडौंको राजशव चुहावाट भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले अवैध सामानहरु बरामद गरेको तथ्यांकले तस्करी भईरहेको प्रष्ट नै देखिन्छ ।
पर्सा प्रहरीले अढाई महिनामा वीरगंज भन्सार कार्यालय आईसिपीवाट चेकजाँच भई छुटेको भन्सारको प्रज्ञापन पत्र भन्दा बढी मालसामान भएको आशंकामा  विशेष सुराकीको आधारमा २३ वटा ट्रक र पिकप नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पुस १ गते देखि पुस मसान्तसम्म ७ वटा ट्रकबाट बिलबिजक सहित ५ करोड ३४ लाख ८४ हजार ८ सय ५५ रुपैयाको प्रज्ञापन पत्र सहित नियन्त्रणमा लिएको छ।त्यसैगरि माघ १ गते देखि माघ मसान्तसम्म १३ वटा ट्रक र २ ट्याक्टरबाट ४ करोड ७७ लाख ६४ हजार ३सय ४२ रुपैया बराबरको प्रज्ञापन पत्र सहित नियन्त्रणमा लिएको छ भन्ने फाल्गुन महिनाको १ गते देखि १५ गते सम्म पर्सा प्रहरीले ३ वटा ट्रकबाट २ करोड ४६लाख ४४ हजार ९ सय ७६ रुपैयाको मूल्य बराबरको प्रज्ञापन पत्र र गाडि सहित नियन्त्रणमा लिई राज्शव अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभएको छ।
पर्सा प्रहरीले अढाई महिनामा २३ वटा ट्रक र पिक्पबाट १२ करोड ५८ लाख ९४ हजार १ सय ७३ रुपैया मुल्य बराबरको प्रज्ञापनपत्र सहित नियन्त्रण लिई सो भन्दा बढी वीरगंज भन्सारबाट जाँचपास भई छुटेको गाडिहरु बाट अवैध भन्सारछलिको आशंकामा पर्सा प्रहरीले पक्राउ गरि राजशव अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो।
प्रहरीले दैनिक रुपमा वीरगंज भन्सार कार्यालय आईसिपीबाट जाँचपास भई छुटेको मालसामान सहितको गाडीहरु भन्सार छलिको आशांकामा नियन्त्रणमा लिने गरेको छ।
वीरगंज भन्सार कार्यालय आईसिपीमा रहेका भन्सार कर्मचारी , जाँचकी र भन्सार एजेन्टको मिलोमतोमा आईसिपी भित्रबाट निस्केको गाडिहरुलाई प्रहरीले धमाधम नियन्त्रण लिदै आएपछि यस्ले प्रमाणित हुन्छ कि भन्सार भित्रैबाट स्थागत रुपमा तस्करी हुदै आएको छ।
भन्सारको कर्मचारीहरुले भारतवाट नेपाल आउने सामानहरु जुन सबभन्दा महगो भन्सार लागने लत्ताकपडा , स्टिलका भाडाकुडा ,कस्मेटिक , ईलेकट्रोनिक सामानहरुको मुल्याङकन कम गरि जाँचकीहरुले एजेन्ट मार्फत अर्ब रुपैया बराबरको राजशव चुहावट गर्दे आएका छन्।
त्यसैगरि भन्सार कर्मचारीहरुले जाँचपास हुने गाडीहरु वाटमालसामानहरु मुल्यांङकन कम गरे वापत प्रति ट्रकको ५० हजार देखि १ लाख रुपैया सम्म लिने गरेका छन् ।
यसरीनै वीरगंज भन्सारवाट जाँचकी , एजेन्ट र कर्मचारीहरुको मिलोमतोमा अर्बको राज्शव चुहावट हुने हो भन्ने भन्सार कर्मचारी , चाँजकी र एजेन्टहरु मालामाल सरकार कंगाल हुने यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको ध्यान जान यति आवशयक देखिएको छ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds