2024-11-13

Close

जनकपुरधाम । महोत्तरीको दिनदहाडै एनएमबी बैंक लुट्ने हतियारधारी समूहका एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहार राज्यका मधुवनी जिल्लामा पर्ने फूलहरका २० वर्षीय अजय कुमार छन् ।

उनलाई बुधवार मटिहानी नगरपालिका ८ बाट पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।

०८० जेठ १६ मा हतियारधारी एक समूहले बैंकबाट १५ लाख १ हजार ४९३ रुपैयाँ लुटेर फरार भएको थियो । ती समूहमा पक्राउ परेका अजय पनि संलग्न रहेको प्रहरीको दाबी छ ‌।

महोत्तरी प्रहरीले पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाका मुद्दा दर्ता गरेको छ । जिल्ला अदालत महोत्तरीले उनलाई सात दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न भनेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर